३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से

पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ ।

चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको नीतिगत दर तथा निक्षेप सङ्कलन बोलकबोल दर घटाएका छ भने नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ ।

बैंकदर यथावत राख्ने, ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलव्ध गराउने र शेयर धितो कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने विषय पनि मौद्रिक नीतिमा राखिएको छ । उक्त नीतिका कारण ब्याजदर घट्ने अनुमान गरिएको छ ।

मौद्रिक नीतिमा यस्ता व्यवस्था आएसँगै पुँजीबजारका लगानीकर्ता उत्साहित भएका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६३ दशमलव २४ अङ्कले बढेर दुई हजार दुई सय २७ दशमलव १६ अङ्कमा कायम भएको छ । यो दुई दशमलव ९२ प्रतिशतको वृद्धि हो ।

आज दुई सय ६६ कम्पनीको एक करोड २० लाख दुई हजार तीन सय आठ कित्ता शेयर ७५ हजार ८६ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३७ करोड ५१ लाख ९६ हजार दुई सय ३२ बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ ।

सबैभन्दा धेरै विकास बैंक समूह एक सय ९५ दशमलव ३६ र होटल तथा पर्यटन समूह एक सय ७७ दशमलव २२ अङ्कले बढेको छ । बैंकिङ ६५ दशमलव ५६, वित्त ३३ दशमलव ५१, जलविद्युत् ४० दशमलव ७७ र लगानी समूह दुई दशमलव ५५ अङ्कले बढेको छ ।

त्यस्तै, जीवन बीमा समूह एक सय २५ दशमलव ५१, उत्पादन तथा प्रशोधन समूह ९२ दशमलव १५, लघुवित्त समूह ४९ दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव ०८, निर्जीवन बीमा एक सय ५८ दशमलव ११, व्यापार एक सय २१ र अन्य समूह २२ दशमलव ३४ अङ्कले बढेको छ ।

आजको कारोबारमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआइबिल ग्रोथ फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड ८१ लाख ५९ हजार ३७ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच लाख ७० हजार सात सय ५१ कित्ता शेयर किनबेच भएको छ । रासस