काठमाडौं । विपक्षी दलहरु संविधानको धारा ७६ (५ं) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।
जसमा नेकपा एमालेका माधव नेपाल पक्षका २७ सांसदको पनि हस्ताक्षर रहेको बताइएको छ ।
तर, माधव नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा, गणेश पहाडी र जय कुमार राईले भने आफूहरूको हस्ताक्षर दुरूपयोग भएको बताएका छन् । उनीहरुले यसमा आफ्नो हस्ताक्षर संलग्न नरहेको र हस्ताक्षरको दुरुपयोग गरिएको जनाएका हुन् ।








