• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

पुस्तकमा महिलामाथि ‘अश्लील’ शब्दको प्रयोग, प्रकाशक भन्छन् – खै लेखकले किन लेख्नुभयो ?



काठमाडौँ । नेपाल वन सेवाअन्तर्गत गेम स्काउट र वन रक्षकका लागि प्रकाशित एक पुस्तकभित्र अश्लील सामग्री प्रकाशित गरिएको पाइएको छ ।

विद्या विकास पब्लिकेसन प्रा. लि.द्वारा प्रकाशित ‘नेपाल वन सेवा दिग्दर्शन गेमस्काउट, वन रक्षक’ भन्ने पुस्तकमा महिलामाथि अश्लील शब्द प्रयोग गरिएको छ ।

पुस्तकका लेखक राम एकवाल दासले वस्तुगत एउटा प्रश्नमा ‘केटीलाई किन भालु भनिएको होला ? ’ भन्ने प्रश्न राख्नुभएको छ । लेखकले उक्त प्रश्नको उत्तरमा चारवटा विकल्प प्रस्तुत गर्दै महिलालाई भालुसँग तुलना गर्नुभएको छ ।

विद्या विकास पब्लिकेसन प्रा. लि. का प्रकाशक बाबुराम आचार्यले के आधारमा लेखकले लेख्नुभयो त्यो आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

न्युजपोलारसँग उहाँले भन्नुभयो, “प्रकाशकलाई पुस्तकभित्रका सबै सामग्रीबारे थाहा हुँदैन । गलत नै हो कि जस्तो लाग्छ । यसबारे हामी लेखकसँग बुझ्छौँ ।”