• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने

घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साता कारोबारको पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले घटेर एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आईतबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारमा तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँ तोकिएके थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।