• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल

नेपालमै पहिलो पटक अनुहारका बिकृतीसम्बन्धी उपचारका लागि अस्पताल स्थापना हुने



काठमाडौं । अनुहारका विभिन्न बिकृत सम्बन्धी समस्याको उपचारका लागि विशिष्ठिकृत अस्पतालको स्थापना हुने भएको छ ।

अन्तराष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहयोगमा नख्खुमा अस्पताल सञ्चालन आउन लागेको हो । बिपन्न नेपाली नागरिकलाई निशुल्क रुपमा उपचार गर्ने उद्देश्यले नेपालमा पहिलो पटक यस्तो अस्पताल स्थापना हुन लागको हो । एकद्धार उपचार केन्द्रको आज (शनिबार) बसुन्धरामा रहेको कान्तिपुर डेन्टल जलरल अस्पतालमा सुरुवात गरिएको छ ।

विश्वबिख्यात क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरद्धारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा संञ्चालन हुने यस अस्पतालमार्फत खुँडोपना तथा अनुहारका विभिन्न बिकृति सम्बन्धी समस्या भएका ब्यक्तिहरुले पूर्णत नि शुल्क सेवा पाउने छन्।

क्रेनियोफेसियल सर्जन डा. सुमित सिंहको पहलमा नेपालमा यो अस्पताल संञ्चालनमा आउन लागेको हो । क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनले यस्तो प्रकृतिको अस्पताल भारत तथा अफ्रिकाका बिभिन्न मुलुकमा संञ्चालन भै रहेको छ । डा सिंहका अनुसार नेपालमा हरेक आठ सयमा एक जनामा खुँडोपना तथा अनुहारका विभिन्न बिकृतीसम्बन्धी समस्या रहेको छ । उहाँका अनुसार यो अस्पताल करिब डेढ वर्षभित्र संचालनमा आउने तर कान्तिपुर डेन्टल जलरल अस्पतालमाभने यसै साता सुरु हुने छ ।

उहाँका अनुसार पहिलो चरणमा प्रत्येक बर्ष ५०० जनालाई निशुल्क सेवा दिने र अस्पताल पूर्णरुपमा संञ्चालनमा आएपछि बार्षिक १५०० जनालाई निशुल्क सेवा दिने सिंहले जानकारी दिनुभयो ।

नेपालमै पहिलो पटक खुँडोपना तथा अनुहारका विभिन्न बिकृतीसम्बन्धी समस्याको उपचारका लागि उच्चरुपले विशिष्ठिकृत सेवा–संस्थाको स्थापना गर्ने आफ्नो सपना साकार भएको डा  सिहले जानकारी दिनुभयो ।