२३ असार २०८३, मंगलवार
,
Latest
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतले नेपाललाई २० लाख डोज खोप उपलब्ध गराउने



अ+ अ-

काठमाडौं । बेलायत सरकारले नेपाललाई २० लाख डोज आस्ट्राजेनेका (कोभिसिल्ड) खोप उपलब्ध गराउने भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार बेलायतले कोभ्याक्स सुविधामार्फत उक्त खोप प्रदान गर्न लागेको हो ।

मन्त्रालयका अनुसार बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्ड्समा विहिबार नेपाललाई उपलब्ध गराइने खोपबारे निर्णय भएको थियो । 

बेलायती संसदमा विहिबार मध्यान्ह ११ मिनेट महामारीविरुद्ध नेपाललाई सहयोग गर्नेबारे छलफल भएको थियो ।