१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिव राउतले कामकाज गर्न पाउने



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेशसँगै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलका सचिव कृष्णबहादुर राउतले कामकाज गर्न पाउनुहुने भएको छ ।

न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज सचिव राउतलाई अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान नपाउने तर तारिखमा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश गरेसँगै उहाँले कामकाज गर्न पाउने हुनुभएको हो ।

“सचिव राउतलाई थुनामुक्त गर्ने आदेश भएको छ, उहाँमाथि निलम्बन फुकुवा भएको छ, निजामती कर्मचारीमाथि फौजदारी अभियोगमा अनुसन्धान भएकै कारण कामकाज रोकिँदैन”, नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले भन्नुभयो, “विदेश जान मात्र रोखिएको हो, बाँकी सबै कामकाज गर्न रोकिँदैन ।”

ललिता निवास जग्गा प्रकरणमा सचिव राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नभएको सर्वोच्च अदालतले आजै ठहर गरेको थियो । रासस