२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday
Latest
वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान नागरिकलाई उद्यमशीलतामा जोड्दै हेफर कार्यक्रम । स्रोत नखुलेको रकम सहित पक्राउ म्यानमार सहयोग पठाउँदै सरकार रास्वपाको सचिवालय बैठक बुधबार नेपाल बुद्धले सिकाएको शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने देश होः सभामुख घिमिरे बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा नेपाल उद्योग वाणिज्य महासंघद्धारा म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय सदस्यहरुले जनस्तरमुखी कार्यक्रममा जोड दिनुपर्ने धारणा राख्नुभएको छः मिन विश्वकर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले काँग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश सांसदहरुले पार्टी संगठनमा एकरुपता, पार्टी संगठनमा एकता र जनस्तरसम्म कार्यक्रम लैजाने गरीको कार्यक्रम पास गरेर अघि बढ्नुपर्ने धारणा राखेको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रिय समितिको पाँचौ दिनको बैठकमा केन्द्रिय सदस्यहरुले यस्तो धाराण राखेको नेता विश्वकर्माले बताउनुभएको हो । उहाँले आजको बैठकमा ३४ जना सदस्यहरुले बोल्नुभएको र किसान, मजदुर र विभिन्न पेशा व्यवसायमा आवद्ध मानिसहरुलाई पनि काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले सम्बोधन गर्नुपर्ने धाराणा राख्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज नेपाली काँग्रेसको पाँचौ दिनको बैठक बस्यो । बैठकमा आज ३४ जना केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राख्नुभयो । अधिकांश साथीहरुले पार्टी संगठनमा एकरुपता, पार्टी संगठनमा एकता र जनस्तरसम्म कार्यक्रम लैजाने गरीको कार्यक्रम पास गरेर जानुपर्छ भन्ने धारणा राख्नुभएको छ । किसान, मजदुर र विभिन्न पेशा व्यवसायमा आवद्ध मानिसहरुलाई पनि काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले सम्बोधन गर्नुपर्छ भन्ने धारणा उठेको छ । कार्यसमितिले यसलाई सम्बोधन गर्नेछ ।’

बैठकपछि बोल्दै नेता गोपालमान श्रेष्ठले चुनावका कारण केन्द्रिय समितिको बैठक बस्न केही ढिलो भएको बताउनु भयो । उहाँले पार्टीमा अब विवाद गर्नु नहुने बताउँदै सबैले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै चुनावहरुले गर्दा बैठक अलि ढिलो भयो, त्यति मात्रै हो । तर कार्यसम्पादनको बैठक भइरहेको थियो । पार्टीमा अब विवाद गर्ने काम नै छैन, फाइदा नै छैन, सबै एक भएर लाग्नुपर्छ । आफ्नो आफ्नो खिचडी पकाउने कुरा बेग्लै हो तर पार्टीलाई पर्दा, अर्को विपक्षसँग पर्दा जनतामा जाँदा एक भएर जानुपर्छ ।’

बैठकपछि बोल्दै पार्टीकी सहमहामन्त्री डिना उपाध्यायले महामन्त्री गगनकुमार थापाले ल्याउनुभएको कार्यक्रममा सबैलाई समेटेर अघि बढ्ने बताउनु भयो । उहाँले बैठकमा नेताहरुले दिएका सुझावलाई पनि आत्मसाथ गरेर पार्टीले सबै तहका नेता, कार्यकर्ताहरुको वितृष्णा सम्बोधन गर्नेगरी अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय सदस्यहरुले पार्टी सभापति मात्र नभइ सबै पदाधिकारीहरुको आलोचना गर्नुभएको हो । सचिवालय राम्रोसँग किन चलेन, समयमा किन बैठक बसेनन् भनेर ? पार्टीलाई कसरी लैजाने भन्ने सुझाव दिनुभएको छ । पार्टी महामन्त्रीले ल्याएको प्रश्तावमा आएका सुझावलाई समेटेर त्यसको कार्यान्वयन देशभर गर्नेगरी अघि बढ्नुपर्छ । पार्टीप्रति तल्लो स्तरका साथीहरुमा वितृष्ण आएको कुरा छ, त्यस्ता गुनासा समेट्ने गरी कार्यक्रम लैजाने गरी अघि बढ्नेछाँै ।’

बैठकपछि बोल्दै नेता आनन्द ढुंगानाले केन्द्रिय सदस्यहरुले पार्टीमा कसैलाई दबाब नदिएको बताउनु भयो । उहाँले केन्द्रिय सदस्यहरुले राखेका सुझावलाई समेटेर महामन्त्री थापाले राख्नुभएको कार्यक्रम पारित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीमा कसैलाई दबाब दिइएको छैन । हामीले केही संशोधन राखेका छाँै त्यसमा केही समेटेर पारित हुनेछ ।’

नेता ढुंगानाले पार्टीका केन्द्रिय सदस्यहरुका सुझावहरुलाई समेटेर जनस्तमुखी कार्यक्रममा जोड दिनुपर्ने बताउनु भयो ।