२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष मिसनबीच भेटवार्ता, बजारमा विश्वास बढाउन सबैले पहल गर्नुपर्छः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपाल मिसन टोलीबीच शुक्रबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताउनुभयो ।

बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण पुर्नकर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट्र बैंकसंग आग्रह गरिरहेको बताउनुहुँदै अध्यक्ष ढकालले यसमा अन्तरराष्टिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।

बजारमा उद्यमी व्यवसायीहरु र उपभोक्ता दुवैको आत्मविश्वास बढाउनु अहिले सबैभन्दा महत्वपूर्ण बिषय रहेकोमा अध्यक्ष ढकालले जोड दिनुभयो । सो अवसरमा कोषको मिसन टोली प्रमुख टिएडन टिन्डाले अहिलेको अवस्थामा निजी क्षेत्रको धारणा बुझ्न आवश्यक भएकोले आफू महासंघ आएको बताउनुभएको थियो ।

उहाँले बजारमा माग घटनुको कारण र पछिल्लो बजेटको प्रभावबारे जिज्ञासा राख्नुभएको थियो । महासंघ अध्यक्ष ढकालले श्रीलंकाको अर्थतन्त्रजस्तो हुने आशंकामा बजारमा माग संकुचन गर्न ल्याइएका कार्यक्रमले बजारमा समस्या भएको बताउनुभयो ।

महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्युन क्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताउनुभयो । महासंघ लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी बिस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।

मिसन टोली प्रमुख टिन्डाले महासंघका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्वका साथ लिएको बताउनुु भयो । साथै यस बिषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताउनुभयो ।