३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

साईबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री दाहालको निर्देशन

साईबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री दाहालको निर्देशन
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले साईबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ ।
शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बोलाई सो सम्बन्धमा गम्भिर भएर काम गर्न निर्देशन दिनु भएको हो ।

साईबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौति निम्तिन सक्ने भएकाले सरोकारवाल निकायले यसलाई सिरियस भएर प्राथमिकतासाथ काम गर्नुपर्ने कुरामा प्रधानमन्त्री दाहालले निर्देशित गर्नु भएको राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले जानकारी दिनु भयो । बैठकमा प्रधानमन्त्री दाहाल समक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीले साईबर सुरक्षाबारे नेपालमा भईरहेको कामकारबाहीबारे बिफ्रिङ गरेका थिए । राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले भन्नु भयो, ‘यो साईबर सुरक्षाका सम्बन्धमा हामीले अहिले के गरिराखेका छौं, कहाँनिर चुनौति छ ? ती चुनौतिहरुलाई सम्बोधन गर्न के गर्नु पर्छ ? भन्ने विषयमा तीन वटा प्रस्तुतीहरु थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीको यसबारे प्रस्तुति थियो । त्यसमा अहिलेसम्म भएका काम, कारबाहीहरुको समिक्षा भयो । अहिलेको चुनौतिहरुको बारेमा पनि त्यहाँ छलफल भयो । र, आगामी दिनमा के गरेर जाने भन्ने विषयमा त्यहाँ सम्माननीय प्रधानमन्त्रीबाट निर्देशन भएको छ ।

हामी त्यो निर्देशन बमोजिम नेपालको साईवर स्पेशलाई बलियो बनाउन कानुनी, नीतिगत, संस्थागत के प्रबन्ध गर्नुपर्ने हो ? त्यसको वर्क आउट गरेर छिट्टै एउटा कार्ययोजना अगाडि बढाउँछौं । प्रधानमन्त्रीजीेले यो विषय गम्भिर/सिरियस भएर सबै निकायहरुले काम गर्नुस् । यो साईबर सेक्युरिटी महत्वपूर्ण विषय हो । राष्ट्रिय सुरक्षामा यसले कुनै पनि चुनौति निम्त्याउन सक्ने भएको हुनाले यसलाई प्राथमिकताका साथ हेर्नुपर्छ भन्ने छ प्रधानमन्त्रीज्यूको ।’

बैठकमा साईबर सुरक्षाको क्षेत्रलाई बलियो बनाउने गरी कानुनी, नीतिगत र संस्थागत प्रबन्ध गर्न एउटा छुट्टै कार्ययोजना बनाएर लागू गर्ने निर्णय पनि गरिएको थियो । बैठकमा प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सरोकारवाला मन्त्रालयका मन्त्री र साईबर सुरक्षाको क्षेत्रमा कार्यरत सुरक्षा निकायका प्रमुख तथा विभागका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।