१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर विसर्जनमा स्थानीयको अवरोधपछि बञ्चरेडाँडामा प्रहरी परिचालन



अ+ अ-

काठमाडौँ । काठमाडौँको फोहोर व्यवस्थापन गर्न बञ्चरेडाँडामा प्रहरी परिचालन गरिएको छ।

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाका फोहोर सोमबारदेखि विसर्जन हुन सकेको थिएन ।

अहिले एक सय ५० हाराहारीमा प्रहरी बञ्चरेडाँडामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। प्रहरी परिचालन गरी महानगरको फोहोर बोकेको गाडी त्यसतर्फ लगिएको उनले बताए ।

काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो। तर, विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीहरुले नयाँ आर्थिक वर्ष सुरु भएकै दिनदेखि फोहोर विसर्जनमा रोक लगाएका थिए ।