२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्रीको प्रतिवेदन एनजीओको जस्तो– आरजु राणा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापाले ल्याएको राजनीतिक प्रतिवेदन एनजीओको रिपोर्ट जस्तो भएको टिप्पणी गर्नुभएको छ ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा आज चौथो दिन उहाँले कांग्रेसले दूरगामी रणनीतिसहितको योजना ल्याउनुपर्ने भन्दै तर महामन्त्री थापाको राजनीतिक प्रतिवदेन दूरगामी खालको नदेखिएको टिप्पणी गर्नुभयो ।

बैठकको पहिलो दिन महामन्त्री थापाले पेश गरेको २१ पृष्ठको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । “देश कतातिर जाने, राजनीति कतातिर जाने दूरगामी र देशलाई हाँक्ने केही देखिएन । म अचम्भित भएँ महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेज आउँछ होला सोचेको थिएँ । तर, एउटा एनजीओको रिपोर्ट जस्तो लाग्यो । धेरै कार्यक्रम गर्ने तर त्यसको उपलब्धि के हो त ? क्लियर के हो त ?” उहाँले भन्नुभयो ।

उहाँले पार्टीका मन्त्रीहरूबाट पनि अपेक्षित काम उठ्न नसकेको टिप्पणी गर्दै भन्नुभयो, “हाम्रा मन्त्रीहरू प्रिपिअर नै हुनुहुन्छ । सिक्दासिक्दै नबुझी मन्त्रालय गइसक्छ । पार्टीभित्र मन्त्रालयको लिंक हुनुपर्‍यो ।”

घोषणापत्रलाई चुनावमा मात्र सीमित गर्न नहुने धारणा राख्दै केन्द्रीय सदस्य राणाले भन्नुभयो, “घोषणापत्रसँग सरकाको नीति, काम नियम लिंक गर्नुपर्‍यो । चुनावसँग मात्र हो र घोषणापत्र रु अनिमात्र भोट बैंक बढ्छ ।”

संगठन विस्तारमा प्रशिक्षणलाई प्राथमिकता राख्नुपर्ने उहाँको भनाइ थियो । नम्बर बढाएर केही हुँदैन, वडामा सदस्यमात्र बढाएर हुँदैन भन्दै उहाँले भन्नुभयो, “क्रियाशील सदस्यभन्दा कम भोट आएका वडाहरू मलाई थाहा छ ।”

राणाले पार्टी नेतृत्वको आलोचना गर्नेप्रति पनि आक्रोश पाख्दै भन्नुभयो, “आफ्नै पार्टीलाई ओपनमा क्रिटिसाइज गर्न छाड्नुपर्‍यो । राजनीति कहिल्यै पनि सहज छैन । राजनीति गर्न असहज हुन्छ भने डराएर बस्नेले मैदान छाडेर जानुपर्‍यो । हाम्रो भोट हामी आफैँ काटिरहेका छौं । कसैले पनि हराउन सक्दैन ।