• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

महामन्त्रीको प्रतिवेदन एनजीओको जस्तो– आरजु राणा



काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापाले ल्याएको राजनीतिक प्रतिवेदन एनजीओको रिपोर्ट जस्तो भएको टिप्पणी गर्नुभएको छ ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा आज चौथो दिन उहाँले कांग्रेसले दूरगामी रणनीतिसहितको योजना ल्याउनुपर्ने भन्दै तर महामन्त्री थापाको राजनीतिक प्रतिवदेन दूरगामी खालको नदेखिएको टिप्पणी गर्नुभयो ।

बैठकको पहिलो दिन महामन्त्री थापाले पेश गरेको २१ पृष्ठको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । “देश कतातिर जाने, राजनीति कतातिर जाने दूरगामी र देशलाई हाँक्ने केही देखिएन । म अचम्भित भएँ महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेज आउँछ होला सोचेको थिएँ । तर, एउटा एनजीओको रिपोर्ट जस्तो लाग्यो । धेरै कार्यक्रम गर्ने तर त्यसको उपलब्धि के हो त ? क्लियर के हो त ?” उहाँले भन्नुभयो ।

उहाँले पार्टीका मन्त्रीहरूबाट पनि अपेक्षित काम उठ्न नसकेको टिप्पणी गर्दै भन्नुभयो, “हाम्रा मन्त्रीहरू प्रिपिअर नै हुनुहुन्छ । सिक्दासिक्दै नबुझी मन्त्रालय गइसक्छ । पार्टीभित्र मन्त्रालयको लिंक हुनुपर्‍यो ।”

घोषणापत्रलाई चुनावमा मात्र सीमित गर्न नहुने धारणा राख्दै केन्द्रीय सदस्य राणाले भन्नुभयो, “घोषणापत्रसँग सरकाको नीति, काम नियम लिंक गर्नुपर्‍यो । चुनावसँग मात्र हो र घोषणापत्र रु अनिमात्र भोट बैंक बढ्छ ।”

संगठन विस्तारमा प्रशिक्षणलाई प्राथमिकता राख्नुपर्ने उहाँको भनाइ थियो । नम्बर बढाएर केही हुँदैन, वडामा सदस्यमात्र बढाएर हुँदैन भन्दै उहाँले भन्नुभयो, “क्रियाशील सदस्यभन्दा कम भोट आएका वडाहरू मलाई थाहा छ ।”

राणाले पार्टी नेतृत्वको आलोचना गर्नेप्रति पनि आक्रोश पाख्दै भन्नुभयो, “आफ्नै पार्टीलाई ओपनमा क्रिटिसाइज गर्न छाड्नुपर्‍यो । राजनीति कहिल्यै पनि सहज छैन । राजनीति गर्न असहज हुन्छ भने डराएर बस्नेले मैदान छाडेर जानुपर्‍यो । हाम्रो भोट हामी आफैँ काटिरहेका छौं । कसैले पनि हराउन सक्दैन ।