• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस

नेपाल एसिया कप खेल्ने आठौं टोली



फाईल फोटो

काठमाडौँ । नेपालले आगमी अगष्ट रसेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुनलागेको एकदिवसीय एसिया कप २०२३ खेल्दैछ । नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो ।

एसिया कपमा डेब्यू गर्ने नेपाल आठौं टोली बन्ने भएको छ । भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएईपछि एसिया कप खेल्ने नेपाल आठौं टोली बनेको हो। एसोसिएट टोलीमा भने नेपाल हङकङ र युएईपछिको तेस्रो टोली बन्नेछ ।

एसियन क्रिकेट काउन्सिल एसिसीले विश्वकप अघि तयारीको लागि एसिया कप आयोजना गर्दछ । एकदिवसीय विश्वकप आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुँदैछ ।

एसिसीले विश्वका पावर हाउससँग एक एसोसिएट टोलीलाई खेल्ने अवसर दिन्छ । युएईले २००४, २००८ र २०१६ मा एसिया कप खेलेको थियो ।हङकङले पनि २००४, २००८, २०१८ र २०२२ मा एसिया कप खेलेको थियो ।

एसिया कपको उपाधि हालसम्म भारत, पाकिस्तान र श्रीलंकाले जितेका छन् । भारतले ७ पटक एसिया कपको उपाधि जित्दा श्रीलंकाले ६ र पाकिस्तानले दुईपटक उपाधि जितेको छ ।

नेपालले पहिलो खेल पाकिस्तानसँग अगष्ट ३० (भदौं १३) मा खेल्नेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा सेप्टेम्बर ४ (भदौं १८) मा हुनेछ ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।