१२ फाल्गुन २०८१, सोमबार
February 24, 2025 Monday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 11.69

Wind: 1.03

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साता कारोबारको अन्तिम दिन शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ।

बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन उच्च बिन्दुमा पुगि प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएकोे थियो ।

यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।