• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले आज डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा तोकेको छ। युरो एकको खरिद दर १४६ रूपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १४७ रूपैयाँ ३० पैसा रहेको छ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ८३ पैसा र बिक्री दर १६९ रूपैयाँ ६० पैसा तोकिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९.४६ रुपैयाँ र बिक्री दर ८९.८६ रुपैयाँ तोकिँदा क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ ७ पैसा र बिक्रीदर १०० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै, साउदी रियाल एकको खरिद दर ३४.८९ रुपैयाँ रहँदा बिक्री दर ३५.०५ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.८१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९४ रुपैयाँ तोकिएको छ ।