• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

नौ सय नेतालाई तोक्यो राप्रपाले भूगोलको जिम्मेवारी (सूचीसहित)



फाईल फोटो

काठमाडौँ । संगठन विस्तारका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रदेखि जिल्ला तहका नौ सय नेतालाई स्थानीयस्तरमा खटाउने भएको छ ।

देशका ७५३ स्थानीय तह र ६ हजार ६४३ वडा तथा प्रवासमा समेत राप्रपाले नेताहरू तोकेर जिम्मेवारी प्रदान गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समेत भूगोलको जिम्मेबार लिनुभएको छ ।

तर राप्रपाका तीन वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणालाई भूगोल केन्द्रित जिम्मेवारी दिइएको छैन ।

पार्टी अध्यक्ष लिङ्देनले धरान उपमहानगरपालिकाको जिम्मेवारी लिनुभएको छ । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफैँले संसदीय निर्वाचन लडेको क्षेत्र काठमाडौँ–१ पाउनुभएको छ ।

त्यसैगर डा धवलशम्शेर राणाले नेपालगञ्ज, उद्धव पौडेलले विराटनगर, विक्रम पाण्डेले भरतपुर, प्रवक्ता मोहन श्रेष्ठले गोरखा (भीमसेन, सहिद र लखन), ज्ञानेन्द्र शाहीले जुम्ला (तातोपानी, चन्दननाथ), रेखा थापाले सुन्दर हरैचा बेलबारीको जिम्मेवारी पाउनुभएको छ ।

राप्रपाका अनुसार जिम्मेवारी प्राप्त गर्ने नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने छ ।

उनीहरूले गरेको कामको अनुगमन तथा मूल्यांकन पार्टीका प्रदेश संयोजक र सह–संयोजकहरुले गर्नेछन् ।

यही क्रममा राप्रपाले राजसंस्था, हिन्दू राष्ट्र र संघीयतासम्बन्धी पार्टीको अवधारणालाई जनताको घरदैलोमै पुर्‍याउने लक्ष्य लिएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार जिम्मेवारी तोकिएका नेताहरूले भ्रष्टाचार र भ्रष्टाचारविरुद्ध पार्टीका अवधारणाहरूलाई प्राथमिकताका साथ राख्ने तथा नयाँ पुस्तालाई पार्टीमा जोड्ने विशेष अभियान सञ्चालन गर्ने काम गर्नेछन् । उहाँले तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेताहरू स्वत: पदीय जिम्मेवारीबाट मुक्त हुने बताउनुभयो ।

भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित पेश गर्नुपर्ने छ । प्रवक्ता श्रेष्ठले ६ महिनापछि भूगोलको जिम्मेवारी हेरफेर हुन सक्ने बताउनुभयो ।

हेर्नुहोस् सूची:

raprapa