८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.43

Wind: 1.03

Humidity: 68

Latest
पालिकाभित्र निजी विद्यालय बन्द, स्कुल बस प्रवेशमा पनि रोक ! प्रधानमन्त्रीको असहयोग र शिक्षकको दबाबमा बाहिरिइन् विद्या एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल शिक्षा मन्त्री विद्याले छाडिन् मन्त्री क्वार्टर, चाबहिलस्थित निजी निवास फर्किइन् नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

याक र चौँरीमा लम्पी स्किन सङ्क्रमण फैलिँदै



अ+ अ-
मनाङ । हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो । उहाँका अनुसार ८९ गाई, ९६ गोरु र ५१ याक, नाक (झोपा) र चौँरी लम्पी स्किनबाट सङ्क्रमित भएका छन् ।
“लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएकाले नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ”, प्रमुख कुसुमले भन्नुभयो, “लम्पी स्किन नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालले व्यवस्थापन गर्नेछ ।”
भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको छ। नार्पाभूमि गाउँपालिकामा बाहेक नासों गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १४ पशुमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । चामे–२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्देस्थित क्युपार र नासों–२ को नाचे आलुबारीका पुशमा पनि सङ्क्रमणको जोखिम देखिएको छ ।
“सरकारबाट बजेट व्यवस्थापन गर्न समस्या भएको अवस्थामा पालिकालाई हेर्नुपर्ने भनेका थियौँ, अहिले सरकारबाट खोपको व्यवस्थापन भइसकेको छ”, उहाँले भन्नुभयो, “अब पालिकाले पशुको सहायक उपचारको लागि एन्टिबायोटिक सुई (जिट, मेलोक्सीकाम र रेष्टोवल इम्युनोवुष्टर)लगायत औषधि खरिद गर्न सक्ने छ।”
यी औषधि खरिदका लागि पालिकासँग सहकार्य गरिने प्रमुख कुसुमले उल्लेख गर्दै पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाउन पुग्ने गरेको जानकारी दिनुभयो ।
रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ । पशुमा लम्पी स्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिइएको, पशुलाई टोक्ने लामखुट्टे र झिङ्गाबाट जोगाउन पशुपालक किसानलाई सचेत गराउन लागिएको, बिरामी परेका पशुलाई स्याहारसुसार गर्न र  सङ्क्रमण नभएका पशुको नजिक नजान भनिएको र सरसफाइ गरेर मात्र अन्य वस्तुको स्याहार सुसार गर्न सुझाव दिइएको उहाँको भनाइ थियो । रासस