१० भाद्र २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०० किलो सुन तस्करी प्रकरणः भन्सार विभागका निर्देशकको नेतृत्वमा छानबिन समिति



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनबारे छानबिन गर्न समिति गठन गर्नुभएको छ ।

विहीबार गठित छानबिन समितिको संयोजकमा विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेललाई तोकिएको छ ।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे अनुसन्धान गर्न ७ सदस्यीय समिति गठन गरिएको हो ।

उहाँँले समितिलाई भन्सारका कर्मचारीको संलग्नताबारे छानबिन गर्ने कार्यादेश समितिलाई दिइएको जानकारी दिनुभयो ।