१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०० किलो सुन तस्करी प्रकरणः भन्सार विभागका निर्देशकको नेतृत्वमा छानबिन समिति



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनबारे छानबिन गर्न समिति गठन गर्नुभएको छ ।

विहीबार गठित छानबिन समितिको संयोजकमा विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेललाई तोकिएको छ ।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे अनुसन्धान गर्न ७ सदस्यीय समिति गठन गरिएको हो ।

उहाँँले समितिलाई भन्सारका कर्मचारीको संलग्नताबारे छानबिन गर्ने कार्यादेश समितिलाई दिइएको जानकारी दिनुभयो ।