२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलबाट बरामद सुनको परिमाण बुझ्न राष्ट्र बैंक लगिँदै



अ+ अ-

काठमाडौं। राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरेको सुनको परिमाण बुझ्न राष्ट्र बैंक पठाउने तयारी गरेको छ।

विमानस्थलबाट बरामद गरेको सुन जडित मोटरसाइकलको स्पेयर पार्टस् (डिस्क ब्रेक सु) बाट सुन निकालेर परिमाण यकिन गर्न राष्ट्र बैंक पठाउने तयारी गरिएको विभागका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

विभागले बुधबार साँझ भन्सार पास गरेर लैजान लागेको अवस्थामा सुन जडित ब्रेक सु बरामद गरेको थियो। बरामद सुनको परिमाण झण्डै १०० किलो रहेको बताइएको छ।

मोटरसाइकलको स्पेयर पार्टस् (डिस्क ब्रेक सु) रेडी ट्रेड प्रालीको नाममा नेपाल भित्रिएको विभागले जनाएको छ। यस प्रालीका प्रमुख दिलिप भुजेल रहेका छन्।

राजस्व अनुसन्धान विभागले सुन बरामद प्रकरणमा छ जनालाई पक्राउ गरिसकेको छ । यसबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ ।