१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले अल स्टार्सलाई ५–० ले हरायो



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण फुटबल खेलमा इंग्लिस क्लब आर्सनलले सहज जित निकालेको छ । नेपाली समयानुसार आज बिहान सम्पन्न खेलमा आर्सनलले अमेरिकन फुटबल क्लब एमएलएस अल स्टार्सलाई ५–० गोलले पराजित गरेको हो ।

प्रिसिजन अघि अमेरिका पुगेको आर्सनललाई फराकिलो जित दिलाउन गाब्रियल जेससले ५औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै, लिन्ड्रो ट्रोसार्डले २३, जर्गिन्होले ४७(पेनाल्टी), गाब्रियल मार्टिनेलीले ८४ तथा काई हाभेर्ट्जले ८९ औं मिनेटमा गोल गरे ।

आर्सनलले अब मैत्रीपूर्ण फुटबल अन्तर्गत नै आईतबार म्यान्चेस्टर युनाइटेडसँग खेल्नेछ ।