• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   त्रिभुवन विमानस्थलको धावन मार्गमा फेरि खाल्डो पर्‍यो, उडान र अवतरण बन्द ★   गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ: काँग्रेस सांसद केसी ★   १४ किलो सुन तस्करी प्रकरण: सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश ★   विपद्को पूर्वतयारी तथा व्यवस्थापनका लागि ‘लुज फोरम’ बनाउन सुझाव ★   गर्मीमा खर्बुजा खाँदै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् ★   एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि ★   टी–२० विश्वकप: पाकिस्तानले अमेरिकासँग खेल्दै ★   वित्तीय समानीकरण अनुदान २५ प्रतिशतका दरले चार किस्तामा वितरण गरिन्छ: अर्थमन्त्री पुन ★   पुन: मतगणनाको आदेश रोक्न माग गर्दे व्यास नगरपालिका मेयर न्यौपाने सर्वोच्चमा ★   इँटा भट्टामा काम गर्ने बालबालिकाको पढाइ प्रभावित

एक सय किलो सुन बरामद प्रकरण: एजेन्टसहित छ जना पक्राउ



सांकेतिक तस्बिर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताउनुभयो । सुन हङकङबाट ल्याइएको खुलेको उहाँले बताउनुभयो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । “तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ”, उहाँले भन्नुभयो । रासस