प्यूठान । प्यूठानको नौ बहिनी गाउँपालिका–१ स्याउँ लिवाङ चौतारामा गए राति घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ।
खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर राति एक्कासी भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। घटना गए राति नै भएपनि प्रहरीलाई भने बिहान साढे ७ बजे मात्रै घर भत्केको खबर आएको र घटनास्थलमा पुग्दा तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिशीर मल्ल रहेको जिल्ला प्रहरीले जानकारी दिए। अन्य ४ छोरीहरू भने अर्को कोठामा सुतेको हुँदा सकुसल छन्।








