३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको दमदार प्रदर्शनमा नेपालले युएईलाई ३ विकेटले हरायो



file photo can
अ+ अ-

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले जित हात पारेको छ । कुशल भुर्तेलको ६ विकेट तथा सानदार अर्धशतकको मद्धतमा नेपालले युएई ए लाई ३ विकेटले पराजित गरेको हो ।

पि सारा ओभल कोलोम्बोमा सम्पन्न खेलमा युएईले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाए । भुर्तेलले ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।

यस्तै, सन्दीप जोरा र देव खनालले समान २४र२४ रन बनाए । युएईका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए ।

त्यसअघि टस जितेर टस जितेर पहिले ब्याटिङ थालेको युएईले ४४ ओभरमा अलआउट हुँदै १५७ रन जोडेको हो । उसका लागि लवप्रित सिंहले सर्वाधिक ५२ रन जोडे । ८२ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, इथान डीसुजाले २५ बलमा १८, यशवान्त वल्थपाले ३२ बलमा १६, आर्यान्स शर्माले ३० बलमा १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ६ विकेट लिए भने मौसम ढकालले २ तथा कुशल मल्ल र पवन शर्राफले १–१ विकेट लिए । राष्ट्रिय टोलीबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो ।

यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।

समूह ए बाट श्रीलंका ए र बंगलादेश ए ले सेमिफाइनलमा स्थान बनाइसकेका छन् भने समूह बी बाट भारत ए र पाकिस्तान ए ले सेमिफाइनलको टिकट काटेका छन् । भारत र पाकिस्तानबीचको खेल जारी छ । विजयी टोली समूह विजेता बन्नेछ भने पराजित टोली उपविजेता बन्दै सेमिफाइनल खेल्नेछ ।

सेमिफाइनलका दुई विजेता उपाधिका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा हुनेछ ।