१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी : अमेरिकी मन्त्री डोनाल्ड लू को टेलिफोन, नेताहरू अन्यौलमा



अ+ अ-

काठमाडौ । अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे तत्काल निर्णय लिन प्रमुख दलका नेताहरुलाई आग्रह गरेको छ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले बिहीबार प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टोलिफोन गरी तत्काल निर्णय लिन आग्रह गर्नु भएको हो ।

स्रोतका अनुसार मन्त्री लूले गलत सूचनाका आधारमा गर्ने निर्णयले लगानीकर्ता र दाताको नेपाल प्रतिको विश्वासमा असर पुग्ने उल्ल्लेख गर्नु भएको थियो । अमेरिकाले एमसीसीका बारेमा २८ फेब्रुअरी (१६ फागुन गते) भित्र निर्णय लिन नेपाललाइ समयसीमा दिएको छ ।

एमसीसीलाइ संसदीय अनुमोदन गराउनु पर्ने भए पछि त्यसको पक्ष र विपक्षमा जनमत बाझिएको छ । निकट भविश्यमै स्थानीय तहका साथै संघीय संसद र प्रदेशको चुनाव हुन लागेकाले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आफ्नो जनमत गुम्ने भयबाट ग्रस्त छन् । उनीहरू एमसीसीलाइ तत्काल यसै संसदबाट अनुमोदन गर्न नहुनेमा अडिग देखिएका छन् ।

नेपाली काँग्रेसको आज बसेको कार्यसम्पादन समितिको बैठकमा वर्तमान सत्ता गठबन्धन तोडेर भए पनि नेपाली काँग्रेसले एमसीसी अनुमोदन गर्नुपर्ने बारेमा छलफल भएको थियो ।

आजै अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री देउवा र नेता माधव नेपालबीच बालुवाटारमा बैठक पनि बसेको थियो ।