४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछुः सावित्रा भण्डारी



अ+ अ-

काठमाडौँ । व्यावसायिक फुटबल खेल्न इजरायल जान लाग्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ ।

बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उहाँलाई बिदाइ गरिएको हो । उहाँ इजरायलको क्लव हापोएल रानानाबाट युरोपमा लिग खेल्दै हुनुहुन्छ । बिदाइ कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदुत हानन गोदारले इजरायली क्लवमा नेपाली खेलाडी भित्र्याउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिनुभयो । उहाँले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म धेरै नै खुशी छु, किनभने ऐतिहासिक क्षण छ, हामी सबै युरोप लिगमा नेपाली खेलाडी सावित्रा भण्डारीले खेलेको हेर्न आतुर छौँ । हाम्रो देश र दुतावास उहाँको स्वागतका लागि तयार छ । हामीले हस्ताक्षर गरेका छौँ, अब उहाँले खेलेको खेल हेर्न बाँकी छ, यसले दुई देशको सम्बन्ध थप बिस्तार हुनेछ ।’

बिदाइ कार्यक्रममा बोल्दै फरवार्ड भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको बताउनु भयो । उहाँले एशियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौति भएपनि त्यसलाई स्वीकार्न तयार रहेको बताउनु भयो । उहाँले आफूले दक्षिण एशियामा आफूलाई प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने बताउनु भयो । उहाँले आफ्नो यो यात्रा भावि पुस्ताका लागि र महिला फुटबललाई हेर्ने दृष्टिकोण बददल्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रज्युबाट यो खालको अपेक्षा गरेकी थिइनँ । त्यहीमाथि एन्फाको अध्यक्ष आउनुभएको छ, इजरायल दुतावासबाट आउनुभएको छ, परिवार आउनुभएको छ, मैले उहाँहरुबाट यस खालको सम्मानको अपेक्षा गरेकी थिइनँ, मैले बंगलादेशबाट भिसाको अपिल गर्ने त्यसपछि गइहाल्छु भन्ने सोचेकी थिएँ, बंगलादेशबाट अस्ति आएँ, हिजोको दिन बाँकी थियो, यति छोटो समयमा यति ठूलो कार्यक्रम राखिदिनुभयो । त्यसका लागि मन्त्रीज्युलाई हृदयदेखि नै आभार व्यक्त गर्छु । एशियाबाट युरोप लिगमा खेल्दैछु, मेरा लागि चुनौति छ, तर म सहजै स्वीकार्न तयार छु ।

जसरी मैले दक्षिण एशियामा प्रमाणित गरेकी छु, यो मेरो लागि महत्वपूर्ण हुनेछ । यो इक्जामको लागि मेरो पहिलो चरण हो, फाइनल इक्जामसम्म आफूलाई तयार राख्नेछु । आम नेपाली महिला फ्यान्स, महिला फुटबललाई हेर्ने दृष्टिकोण भोलिका दिनमा फरक बनाउने प्रयास गर्नेछु । आउने पुस्ताका लागि मैले एउटा बाटो बनाउनका लागि पहिलो चरणको ढोका मैले खोल्दैछु । फुटबल खेलेर नै केही गर्न सकिन्छ भन्ने वातारवण बनाउनेछु । देश र फ्यान्सको लागि धेरै गर्न बाँकी छ, त्यो गर्ने नै छु ।’

कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङले सावित्राले आफ्नो खेल कौशललाई राम्रोसँग प्रश्तुत गर्ने विश्वाससहित बधाइ दिनुभयो ।