११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजाञ्ची पासवान रहेका छन् । उनलाई प्रहरी वृत्त गौशाला लगिएको छ ।

बुधबार बिहान सिनामंगलमा शंकास्पद वस्तु भेटिएको थियो । जसलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।

सिनामंगल पुल नजिकै एउटा शंकास्पद वस्तुसँगै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारीको पर्चा पनि भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

संयोजक सफलका नाममा रहेको पर्चामा लेखिएको थियो, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुस् तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।’