१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बर्तौलाद्वारा संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्चको संसदीय बैठकमा सम्बोधन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा बसेको उच्चस्तरीय राजनीतिक मञ्चअन्तर्गतको संसदीय बैठकमा सम्बोधन गरेका छन् ।

साउन १० गतेदेखि जारी बैठकमा सांसद बर्तौलाले नेपालको तर्फबाट दिगो विकास लक्ष्य नम्बर ६ (स्वच्छ खानेपानी तथा सरसफाइ)का लागि संसदीय कारबाहीबारे संक्षिप्त धारणा राखेका हुन् ।

‘नेपालको तर्फबाट ‘दिगो विकास लक्ष्य नम्बर ६ (स्वच्छ पानी र सरसफाइ) को लागि संसदीय कार्य कार्यक्रममा हामी सांसदहरुलाई २ मिनेट समय दिइएको थियो । कार्यक्रममा ८२ भन्दा बढी देशका सांसदहरुको उपस्थिति रहेको थियो । नेपालको प्रतिनिधित्व गर्ने हामी तीन जना सांसदले विभिन्न विषयमा आफ्नो धारणा राख्ने अवसर पायौं ।’ बर्तौलाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

८२ भन्दा बढी देशका सांसदहरूको उपस्थिति रहेको कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने सांसद बर्तौला, माओवादीका सांसद माधव सापकोटाले पनि आफ्नो धारणा राखेका थिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गत साता न्यूयोर्क प्रस्थान गरेको थियो ।

टोलीमा कांग्रेसका तर्फबाट राष्ट्रियसभाको राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति सभापति अध्यक्ष प्रकाश पन्थ, एमाले सचेतक बर्तौला, माओवादी केन्द्रका सांसद सापकोटा, राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीलगायत छन् ।