१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पास नभए सम्बन्ध पुनरावलोकन गर्ने अमेरिकाको दवाबयुक्त चेतावनी



अ+ अ-

काठमाडौ । अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे तत्काल निर्णय लिन प्रमुख दलका नेताहरुलाई आग्रह गरेको छ।अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले बिहीबार प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टोलिफोन गरी तत्काल निर्णय लिन आग्रह गर्नु भएको हो ।

शिर्षनेता संग टेलिफोन सम्वादमा समयमा संगै रहनु भएका एक नेताले न्यूजपोलारसंग भन्नुभयो "फेब्रुअरी २८ सम्म यदी नेपालले एमसीसी सम्झौता अनुमोदन नगरेमा अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन हुने चेतावनी दिईएको थियो ।" टेलिफोन सम्बाद उदृत  गर्ने उहाँले भन्नुभयो "एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी समेत दिएका छन् । "

अमेरिकाले एमसीसीका बारेमा २८ फेब्रुअरी (१६ फागुन गते) भित्र निर्णय लिन नेपाललाइ समयसीमा दिएको छ । एमसीसीलाइ संसदीय अनुमोदन गराउनु पर्ने भए पछि त्यसको पक्ष र विपक्षमा जनमत बाझिएको छ । निकट भविश्यमै स्थानीय तहका साथै संघीय संसद र प्रदेशको चुनाव हुन लागेकाले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आफ्नो जनमत गुम्ने भयबाट ग्रस्त छन् । उनीहरू एमसीसीलाइ तत्काल यसै संसदबाट अनुमोदन गर्न नहुनेमा अडिग देखिएका छन् ।

नेपाली काँग्रेसको बिहिवार बसेको कार्यसम्पादन समितिको बैठकमा वर्तमान सत्ता गठबन्धन तोडेर भए पनि नेपाली काँग्रेसले एमसीसी अनुमोदन गर्नुपर्ने बारेमा छलफल भएको थियो ।