• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

राज्यले हिंसात्मक विद्रोहलाई प्रश्रय दियो: राप्रपा अध्यक्ष थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राज्यले हिंसात्मक विद्रोहलाई प्रश्रय दिएको आरोप लगाउनु भएको छ ।

सरकारले संसदमा पेश गरेको मुलुकी अपराध संहिता, २०७४ ऐन संशोधन विधेयकका केही प्राबधान प्रति असहमति जनाउदै थापाले सरकारले ,हिंसाबाट सफल नभए शान्तिपूर्ण राजनीतिमा आउने वहानामा सबै अपराध माफ भैहाल्छ भन्ने सन्देश दिन खोजेको बताउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

हिंसा र अपराधलाई उन्मुक्ति दिने यो विधेयक कानुन बन्यो भने नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ। विधेयकले राजनीतिक प्रणालीसंग असहमत हुनेलाई हिंसात्मक विद्रोह गर,हिंसाबाट सफल नभए शान्तिपूर्ण राजनीतिमा आउने वहानामा सबै अपराध माफ भैहाल्छ भन्ने सन्देश दिएकोछ।गणतन्त्र भनेको यही हो ?