२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलभित्रबाट टेकनाथ रिजालको गुनासो: षड्यन्त्रको सिकार भएँ



अ+ अ-

काठमाडौँ । नक्कली भुटानी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालले आफ्नो लागि जेल जीवन नयाँ नभए पनि जुन आरोपमा हिरासतमा रहनुपरेको छ त्यसले दुःख लागेको बताउनुभएको छ ।

गत आइतबार जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईंसहित अन्य अधिकारकर्मीहरु रिजाललाई भेटन त्रिपुरेश्वरस्थित केन्द्रिय कारागार पुग्नु भएको थियो ।

भेटबारे प्रसाईंले न्यूजपोलारसँग भन्नुभयो, “उहाँको आत्मबल कमजोर भएको देखिएन, अदालतले दूधको दूध पानीको पानी छुट्ट्याउनेमा आशावादी रहेको पायौँ ।”

रिजालको भनाइ उदृत गर्दै प्रसाईंले भन्नुभयो, “भुटानभित्रै मानव अधिकारका लागि लडिरहेका नेपाली भाषी भुटानी ९लोत्सम्पा० हरुका साथै हाल पूर्वी नेपालका शिविरहरुमा रहेका झन्डै साढे ६ हजार भुटानी शरणार्थीहरुको भविष्यका बारेमा चिन्ता लागेको छ ।”

आफुलाई यो प्रकरणमा फसाइएको दाबी गर्दै रिजालले भन्नुभयो, “यो मैले कल्पनासमेत नगरेको अवस्था उत्पन्न भयो ।” जेलभित्रको बसाइ ठिकै रहेको र आफ्नो स्वास्थ्यमा केही सुधार आएको उहाँले बताउनु भएको प्रसाईंले जानकारी दिनुभयो।

यो घटनामा वास्तविक अपराधीलाई फुत्काउने र अरुलाई फसाउने षड्यन्त्र हुन सक्ने भन्दै उहाँले बाहिरबाट खबरदार गर्नसमेत आग्रह गर्नुभएको प्रसाईंले जानकारी दिनुभयो ।

यो प्रकरणमा ठूलो जालो बुनिएको भन्दै रिजालले अदालतबाट आफूले न्याय पाउने आशा व्यक्त गर्नुभयो । अधिकारकर्मीहरुसँगको भेटमा उहाँले भन्नुभयो, “म पैसाको लागि शरणार्थी भएको होइन, कमाउनु पनि छैन, नागरिकको अधिकारका लागि लडेँ, षड्यन्त्रकारीहरुले फसाउने प्रयास गरे ।”

भुटानी मानव अधिकारवादी नेता रिजाललाई भेट्न जानेहरुमा प्रसाईंसहित इन्हुरेड इन्टरनेशनलका अध्यक्ष डा गोपालकृष्ण शिवाकोटी, एमनेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपीन बुढाथोकी, पूर्वअध्यक्ष राजन कुइँकेल, निर्देशक निरञ्जन थपलिया, डा केदार नरसिंह केसीलगायतका अधिकारकर्मीहरु हुनुहुन्थ्यो ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँको आदेशले थुनामा रहेका भुटानी नेता टेकनाथ रिजाललाई तत्काल रिहा गर्न ‘राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान’ ले माग गरेको थियो ।