११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही
अ अ+ अ-

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने भए पनि निषेधाज्ञा उल्लङ्घन गर्नेको सङ्ख्या भने बढ्दो छ ।

निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, डेरी, फलफूल बाहेकका सबै पसल बन्द गर्ने, अत्यावश्यक बाहेकका सबै सवारी चल्न नपाउने निर्णय प्रशासनले गरे पनि दैनिक रूपमा निषेधाज्ञा उल्लङ्घन गर्ने बढेपछि उनीहरूलाई कारबाही गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार निषेधाज्ञाको उल्लङ्घन गर्ने ५०४ सवारी कारबाहीमा परेका छन् । “विभिन्न बहाना बनाई सवारीमा अनावश्यक रूपमा हिँड्डुल गर्ने सवारी नियन्त्रणमा लिई पहिलो पटक सम्झाईबुझाई ट्राफिक नियमअनुसार जरिवाना गरेर छाडेका छौँ”, उहाँले भन्नुभयो ।

हालसम्म जिल्लाका विभिन्न ठाउँबाट निषेधाज्ञा अवज्ञा गरी चलाउने चारपाङ्ग्रे सवारी साधन ७६ र मोटरसाइकल ४२८ कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो ।

निषेधाज्ञा उल्लङ्घन गर्नेमध्ये १७ अटो र ६३ मोटरसाइकलका कागजात नभएकाले ट्राफिक नियमअनुसार कारबाही गरिएको उहाँको भनाइ छ । यस अवधिमा निषेधाज्ञा उल्लङ्घन गरी हिँड्डुल गर्ने, सार्वजनिक स्थानमा हिँड्डुल गर्दा मास्क नलगाउने ४९२ जनालाई समेत होल्ड गरी सम्झाईबुझाई छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस अवधिमा पसल, होटेल सञ्चालन गर्ने १३ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको पनि उहाँले जानकारी दिनुभयो । जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३५ पुगेको छ । सोमध्ये १३३ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनाका कारण दोस्रो लहरमा १३ जनाले ज्यान गुमाउनु परेको छ । सङ्क्रमितमध्ये ७७६ होम आइसोलेशनमा रहेका छन् भने २८ जना संस्थागत आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस