२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

रसुवागढी नाकाबाट रू २९ अर्बको मालवस्तु आयात

रसुवागढी नाकाबाट रू २९ अर्बको मालवस्तु आयात
अ अ+ अ-

रसुवा । नेपालको उत्तरी नाका रसुवागढी हुँदै मालसामग्री आयात एवं निर्यात हुने क्रम बढ्न थालेको छ । गत वर्षको फागुनसम्म प्राय: शून्य रहेको निर्यात चैत १८ यता क्रमिक रूपमा बढ्न गई रु एक अर्ब ४३ करोड दुई लाख बराबरको नेपाली मालवस्तु चीनतर्फ निर्यात भएको छ ।

चीनतर्फ निर्यात भएका मालवस्तुमा चाउचाउ, धातु, तामा तथा आल्मोनियमका भाडा, ऊनी गलैँचा, कार्पेट, नक्कली गहना, फलामे भाडा, डस्ना, नक्कली कपाल, अगरबत्तीलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

तयारी कपडा, जुत्ता, चप्पल, सवारी साधन, मोबाइल, टेलिफोन, हाते झोला, सुति कपडा, मेशिनरी पार्टस, बिजुलीका तार सयौँ प्रकारका सामग्री चीनबाट आयात भएको छ । सो अवधिमा रू २९ अर्ब ९० करोड ४५ लाख बराबरको सामग्री नेपाल आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिनुभयो ।

यस नाकाबाट दश लाख केजी दाँतेओखर आयात भएको छ । अन्य आयात सामग्रीमा अप्टिकल फाइबर केबुल, मोटर्स पार्टस्, चश्मा, बिजुलीका तार, मेशिनरी पार्टस्का साथै स्याउ, लसुन रहेका छन् । प्रमुख भन्सार अधिकृत पाठकका अनुसार नियमानुसारको मूल्याङ्कनबाट भन्सार शुल्कवापत रू आठ अर्ब २४ करोड ८३ लाख राजस्व असुली भएको छ ।

सवारी साधनतर्फ चीनमा निर्मित साना ठूला गरी कूल एक हजार दुई सय ८९ थान सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ । नेपालमा सञ्चालित जलविद्युत् आयोजनाको अधिकांश उपकरण रसुवागढीबाट आयात हुने गरेको सूचना प्रविधि अधिकृत निर्मल कँडेलले बताउनुभयो ।

व्यापारीले चीनबाट आयात गरेका केही सवारीसाधन भने भन्सार हातामै रहेको र भन्सार प्रक्रिया पुर्याइ छुटाउने कार्य भने क्रमिक रूपमा अगाडि बढीरहेको जनाइएको छ । कोरोना सङ्क्रमणपश्चात गत चैत १८ गतेदेखि अर्थात् अप्रिल महिनाको १ तारेखदेखि नेपाली कन्टेनर सिधै केरूङ जान पाएपछि रसुवागढी नाकाबाट दुई हजारभन्दा बढी मालवाहक नेपाली ट्रक कन्टेनरले सामान बोकी केरूङ–काठमाडौँ ओेहरदोहर गरिसकेका छन् ।

नेपाली व्यापारीले आयात गरेका सवारीसाधनको मात्र मूल्याङ्कन गर्ने हो भने तीन अर्ब ८९ करोड ४२ लाख बराबरको हुन आउँछ । वर्षायामको बाढीपहिरो जस्ता समस्याले सडक मार्ग बिग्रने भएका कारण साउन भाद्र महिनाको ढुवानीमा भने केही मात्रामा कमी आउन सक्ने बताइएको छ ।

यद्यपी भन्सार विभागले तोकेको लक्ष्यभन्दा १२ प्रतिशत कम राजस्व सङ्कलन भएको छ । रु नौ अर्ब ३८ करोडको लक्ष्य राखिएकोमा गत आवमा आठ अर्ब २४ करोड ८३ लाख मात्र असुली भएको छ । यो लक्ष्यको प्रतिशत ८८ मात्र हो । चीनबाट आयात भएका जुत्तालगायतका माल सामग्री लोड भएका दुई सयभन्दा बढी ट्रक कन्टेनरको सामग्री व्यापारीद्वारा गत वर्ष जाँच पास गराउन बाँकी राख्दा राजस्व असुली कमी भएको बताइएको छ ।

गत वर्ष २०७९र८० को राजस्व असुली भने छ अर्ब ५५ करोड रहेको छ । विगत तीन आर्थिक वर्षको तुलनामा राजस्व असुलीमा केही कमी हुँदै गएको छ । तत्कालीन कार्यालय प्रमुख रामप्रसाद रेग्मी कार्यरत रहँदा आर्थिक वर्ष २०७६र७७ मा आठ अर्ब २७ करोड ७७ लाख राजस्व सङ्कलन भएको थियो भने आव २०७७र७८ मा तीन अर्ब ५४ करोड २७ लाख राजस्व मात्र असुली भएको जनाइएको छ । भन्सार कार्यालयले गत आवमा व्यापारीबाट २९ करोड जरिवाना असुलिएको छ ।

व्यापारीले आयात गरेका माल सामग्री जाँच पास गर्नु पूर्व गरिएको घोषणा परिमाणको विवरणमा तथ्य फरक पर्ने र लेखिएका र कन्टेनरमा भेटिएका परिमाणमा फेरबदल पार्ने गरेका कारण जाँचकीको प्रतिवेदन एवं नियमको प्रवधान अनुरूप जरिवानाको राजस्व असुल उपर गरिएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार हातामा रोजगारीको अवसर

चीनबाट आयात भएका माल सामग्री जाँच परीक्षणका क्रममा लोड अनलोडका काममा छ सय १० जना मजदुरले काम पाइरहेको भन्सार अधिकारीले जनाएका छन् । सवारी साधनतर्फ रसुवागढी नाकामा छ सय ट्रक कन्टेनरका चालक तथा छ सय सहचालक संलग्न रहेको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन अरनीको ट्रक एकाइ कमिटीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले जानकारी दिनुभयो । तातोपानी नाकामा कार्य गर्ने चालक तथा सहचालक रसुवागढी केन्द्रित भएको बताइएको छ ।

चीनको उत्पादक कम्पनीदेखि केरूङ तथा रसुवागढीसम्म नेपाली व्यापारी व्यवसायीले माग गरेको माल सामग्री ढुवानी गरिरहेको र नेपालीको हितमा आफूले निरन्तर रूपमा सहयोग गरी रहने चिनियाँ ढुवानी सेवा मुसा टान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङले बताउनुभयो । भन्सार तथा सीमा सुरक्षाका लागि टिमुरेमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गरिरहेका छन् । रासस