२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने



अ+ अ-

काठमाडौँ। बहुचर्चित कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द भएको छ ।

सो च्याम्पियनका प्रमुख बिशाल भण्डारीले सामाजिक सञ्जाल मार्फत कार्यक्रम कार्यक्रम स्थगन गरिएको जानकारी गराउनु भएको छ । सो कमेडी शो ६९ श्रृखंलाहरू प्रसारण भइसकेको छ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

यो १६ महिनाको हाम्रो यात्रा निकै रोमांचक थियो। कतिपय एपिसोडमा हामी हसाउन सफल भयौं भने कतिमा भएनौपनि तर दर्शकको मायामा कहिले कमी आएन।

यही उर्जाले काम गर्दा गर्दै सुरुवातको वर्षनै Best Popular Tv Show को Award जित्न पनि सफल भयौं। यसको श्रेय कलाकार, लेखक, क्रियटिम टिम, Three Production team, Key advertising, Key Entertainment team र मुख्य गरेर दर्शकको मायालाई जान्छ।

६९ Episode को यो यात्राले थकित हाम्रो टिमलाई केही समयको लागि छोटो Break लिन आवश्यक देखेर Team Comedy Club With Champions तपाईको TV SCREEN मा देखिने छैनौं।

तर हामी चॉडै छोटो विश्राम पछि Recharge भई सुरुवाती उर्जामै फर्केर यहाँहरुलाई हासोको फोहरा छुटाउन अवश्य आउने छौं। तव सम्मलाई हाम्रो टिम Comedy Champion season 3 लिएर चॉडै आउँदैछौं। माया र साथ कायम रहोस् । हास्ने र हसाउने क्रम जारी रहने छ।
धन्यबाद ।