२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा नेतृत्वको वैकल्पिक सरकारको माग सहित विपक्षी गठबन्धन आज अदालत जाँदै



अ+ अ-

काठमाडौं । आज विपक्षी गठबन्धन सर्वोच्च अदालतमा रिट लिएर जाँदैछन् । प्रतिनिधिसभा विघटनको विपक्ष र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठनको पक्षमा रहेका विपक्षी दलहरु आज सर्वोच्च अदालत जाने भएका हुन् ।

हिजो (आइतबार) नै सर्वोच्च अदालतमा जाने तयारीमा रहेका विपक्षी गठबन्धन एमालेका माधव नेपाल पक्षका सांसदहरूको हस्ताक्षर जुट्न नसकेको र अन्य तयारी पनि नपुगेको भन्दै सर्वोच्च जान सकेको थिएन् । तर आज अदालत खुल्नासाथ रिट पेश हुने जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले  केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने खेलमा असंवैधानिक रूपमा संलग्न भएको भन्दै विपक्षी गठबन्धनले सामुहिक रिट दिन लागेका छन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको खनाल–नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा पार्टी संलग्न गठबन्धनले सामुहिक रुपमा रिट दायर गर्न लागेका हुन् ।