१९ श्रावण २०८३, मंगलवार
,
Latest
नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा काँग्रेस सांसद कार्कीको प्रश्न–२३ लाख ग्यास सिलिण्डर कता हरायो ? अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध, पर्यटन विधेयकमाथि छलफल उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन प्रदेश सरकारको नेतृत्व परिवर्तनमा एमाले नेता भट्टराईको असन्तुष्टि, ‘साटसुट र शक्तिको भाषा किन?’ मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छ: राजेन्द्र लिङदेन



फाइल फाेटाे
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताउनुभएको छ ।

नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो ।

उहाँले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताउनु भयो । उहाँले राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताउनु भयो । उहाँले शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दुराष्ट्र पुन: स्थापना आफूले चाहेको बताउनु भयो । उहाँले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइएपनि अब सच्चिन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भएकाले जनता राप्रपाको मुद्दामा समर्थन गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले उठाइरहेको हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा हो । जसको मुद्दा हो उसैलाई बुझाउन नसकिएको, उसैले नबुझेको अवस्था हो । राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले गरेका हौँ । यो अब निरन्तर चलिरहन्छ । हामीले कसैको सिको गर्नुपर्ने छैन, हामीले नितान्त आफ्नै संस्कृति, परम्पराको रक्षा गर्न यो कार्यक्रम अघि बढाएका हौँ ।

शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दुराष्ट्र पुन: स्थापना चाहन्छौँ । हामीले अन्य राजनीतिक दलसँग पनि कुरा गरिरहेका छौँ की विगतमा भावावेशमा आएर अथवा विदेशीको दबाब र प्रभवमा परेर गरेको निर्णय गलत छ, गलत बाटोले देशलाई कुनै निस्कर्षमा लैजान सक्दैनौँ । जुनसुकै बाटोबाट भएपनि हिन्दुराष्ट्र कायम हुनुपर्छ भनिरहेका छौँ । राजनीतिले धर्ममाथि हस्तक्षेप गरेपछि, राजनीतिले हिन्दुराष्ट्र समाप्त गरेपछि यो रामनामी ओढेर मात्रै फर्किंदैन, यसमा राजनीतिक दृष्टिकोणमा हिन्दुराष्ट्र पुन:स्थापनालाई राखेको छ । हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय होइन । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने कुरा हो, धेरै जनता हाम्रो मुद्दामा सहमत हुनुहुन्छ, पुन: स्थापना हुन सम्भव छ ।’

पदयात्रा कार्यक्रममा बोल्दै राप्रपा सांसद दीपकबहादुर सिंहले पदयात्रामा राप्रपाको हलोमा भोट दिनुस् भनेर नमागेको भन्दै आफूले हरहर महादेव भनेर आएको बताउनु भयो । उहाँले अर्को चुनावमा ७० सिट ल्याउने बताउनु भयो । उहाँले २४ बुँदे समझदारी गरेर सरकारमा राप्रपा सहभागी भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई दौरा सुरुवालमा राप्रपाले लगाएर हिँड्न बाध्य भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न आनाकानी गरेपछि सरकार छोडेको बताउनु भयो ।

सांसद सिंहले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा कुनैपनि हालतमा राप्रपा सहभागी नबन्ने दाबी गर्नुभयो । राप्रपाले मैतीदेवीदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो ।




भर्खरै