१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङले भारतको इन्डियन सुपर लिग (आईएसएल) खेल्ने भएका छन् । 

उनी आईएसएल क्लब स्पोर्टिङ क्लब इस्ट बंगालमा अनुबन्धित भएका हुन् ।

सेन्टर ब्याक अनन्तले यस सिजनको अन्तिमसम्मका लागि इस्ट बंगालसँग सम्झौता गरेको बताइएको छ । 

यद्यपि, उनको टोलीले लिगमा अब चार खेल खेल्न बाँकी रहेकोले अनन्तले आईएसएलको चार खेल मात्र खेल्ने छन् ।

अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

अनन्तले सहिद स्मारक ए डिभिजन लिगमा  थ्री स्टार क्लबबाट खेलिरहेका थिए ।

थ्री स्टारले अनन्तलाई आईएसएलका लागि फुकुवा समेत गरिसकेको छ ।

थ्री स्टारले आज अनन्तलाई बिदाइ गर्दैछ ।