काठमाडौं । पेमा छेवाङ शेर्पा र न्यूयोर्क मुस्ताङ कम्युनिटीका चेपाक डी गुरुङको सहयोगमा भोलुन्टियर क्रप्स नेपाल (भिसिएन)ले मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा निःशुल्क “र्यापिड कोभिड–१९ एन्टिजेन परीक्षण” गरेको छ ।

पहिलो चरणमा ६०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोभिड–१९ पोजेटिभ देखिएको भिसिएनले जनाएको छ । भिसिएनकी उपाध्यक्ष एवं मेडिकल रेस्पोन्स टिमकी संयोजक राधा मताङ्गीको नेतृत्वमा उक्त परीक्षण गरिएको थियो ।
भिसिएनका अनुसार परीक्षणमा वडा अध्यक्ष ज्ञानेन्द्र शर्मा, मेडिकल प्रतिनिधि डा .जेम्स गुरुङ, स्वास्थ्य सहायक खगेन्द्र बोहोरा समेत स्थानीय महिला सामुदायिक स्वयंसेवी र स्थानीय प्रतिनिधिहरुको सहयोग रहेको थियो ।

यही जेठ ५ र ६ गते आयोजना गरिएको कोभिड–१९ परीक्षण अन्तर्गत कागबेनी–४ को स्वास्थ्य चौकीमा आयोजना गरिएको थियो । यहाँ सहभागी ११ जनामध्ये तीन जनामा कोभिड–१९ पोजेटिभ पाइएको थियो ।

त्यस्तै, झारकोट–१ मा ९० जनाको परीक्षण गर्दा १० जनामा पोजेटिभ देखिएको थियो । यहाँ पनि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्थानीय स्वयंसेवीको सहयोग प्राप्त भएको भिसिएनले जनाएको छ ।









