३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

हवाई टिकटमा आजदेखि भ्याट लाग्ने, विलासिता र वैदेशिक रोजगार शुल्क पनि लागू

हवाई टिकटमा आजदेखि भ्याट लाग्ने, विलासिता र वैदेशिक रोजगार शुल्क पनि लागू
नेपाल एयरलाइन्स (फाईल फोटो)
अ+ अ-

काठमाडौं: नेपाल सरकारले बजेट मार्फत वृद्धि गरेका केही करहरु आजदेखि कार्यान्वयनमा आएका छन् जसमा हवाई टिकटमा भ्याट समेत समावेश छन् ।

आन्तरिक राजश्व विभागले आज एक सूचना सार्वजनिक गरी कारोबार दर्ता गरी कर संकलन गर्न र हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ताका लागि दरखास्त दिनु पर्ने उल्लेख छ ।

विदेशी हवाई यातायात सेवा प्रदायकले सम्बन्धित निकायबाट जारी भएको संचालन अनुमति पत्रको प्रतिलिपि समेत संलग्न गर्नु पर्ने विभागको भनाई छ । अर्थात् विदेशी हवाई टिकटमा समेत भ्याट लाग्नेछ ।

हवाई यातायात सेवा प्रदायकले भ्याट बाहेकको कर लाग्ने मूल्यमा बिजक जारी गर्नु पर्नेछ । ट्राभल एजेन्सी व्यवसाय संचालन गर्ने व्यक्तिले हावई सेवा प्रदायकबाट टिक खरिदमा तिरेको मूल्यमा आफ्नो मुनाफा वा कमिसन जोडी हुन आउने मूल्यमा भ्याट संकलन गर्न बिजक जारी गर्नु पर्ने सूचनामा जनाइएको छ ।

हवाई सेवा प्रदायकले उपभोक्ता मूल्यमा टिकट जारी गरेमा सोही मूल्यमा ट्राभल एजेन्सीले उपभोक्तालाई बिजक जारी गर्नु पर्नेछ । हवाई यातायात सेवा प्रदायकबाट प्राप्त गर्ने सेवा शुल्क वा कमिसन रकममा हवाई सेवा प्रदायकको नाममा ट्राभल एजेन्सीले बिजक जारी गर्नु पर्ने पनि विभागको भनाई छ ।

आन्तरिक हवाई सेवा प्रदायकले प्रदान गर्ने सेवाको हवाई टिकटको मूल्यमा भ्याट संकलन गर्नुपर्ने छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात सेवाको हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्य स्थानसम्मको हवाई टिकटको मूल्यमा भ्याट संकलन गर्नु पर्ने भनिएको छ । अन्तर्राष्ट्रिय हवाई टिकट नेपालभित्र वा नेपाल बाहिर जहाँसुकैबाट जुनसुकै माध्यमबाट (अनलाइन माध्यम समेत) बाट जारी वा खरिद गरे पनि हवाई यातायात सेवा प्रदायक (एयरलाइन्स कम्पनी) ले सो हवाई टिकटको मूल्यमा भ्याट संकलन गर्नु पर्ने विभागले जनाएको छ ।

दुबै तर्फको हवाई टिकट जारी गर्दाको हकमा विदेशबाट नेपाल आउँदाको हवाई टिक मूल्यमा भ्याट संकलन गर्नु पर्ने छैन । नेपालबाट प्रस्थान नहुने तर नेपालमा दर्ता भएका व्यक्तिले हवाई टिकट जारी गरेको हकमा भ्याट असुल गर्नुपर्ने छैन ।

अन्तर्राष्ट्रिय हवाई सेवा संचालन गर्ने व्यक्तिले विद्युतीय बिजक जारी गर्न स्वीकृति लिनु पर्ने छैन, तर विद्युतीय बिजक जारी गर्न प्रयोग गरेको सफ्टवेयरको जानकारी सम्बन्धित कार्यालयमा दिनु पर्नेछ । हवाई टिकट बिक्रीमा संकलन गरेको करमा व्यवसायसँग सम्बन्धित वस्तु तथा सेवा खरिद गर्दा नेपालमा तिरेको कर घटाई बाँकी कर र सोको विवरण महिना समाप्त भएको २५ दिनभित्र दाखिला गर्नु पर्ने विभागले जनाएको छ । तर वार्षिक एक करोड रुपैयाँभन्दा कमको कारोबार गर्ने व्यक्तिले चाहेमा चौमासिक रुपमा कर र सोको विवरण दाखिला गर्न सक्नेछ ।

भ्याट लागू हुनुभन्दा पहिलो टिकट बिक्री भएको तर भ्याट लागू भए पछिको मितिमा यात्रा गर्नेको हकमा भ्याट असुल गर्नुपर्ने छैन । तर त्यस्तो विवरण सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ ।

बिक्री भएको टिकट रद्द भई यात्रुले रकम फिर्ता पाउने भएमा बिक्री फिर्तामा देखाई हिसाब मिलान गर्नु पर्दछ । कुनै कारणवश खरिद भएका टिकट फिर्ता गर्नु पर्ने भएमा खरिद फिर्तामा देखाई हिसाब मिलान गर्नुपर्ने विभागको सूचनामा उल्लेख छ । हिसाब मिलान प्रयोजनका लागि भ्याट नियमावली बमोजिम डेबिट, क्रेडिट नोट जारी गर्नु पर्नेछ ।

विलासिता शुल्क, वैदेशिक पर्यटन शुल्क र वैदेशिक रोजगार सेवा शुल्क

यसैगरी, आन्तरिक राजश्व विभागले प्रकाशन गरेको अर्को सूचनामा यही साउन १ गतेदेखि विलासिता शुल्क, वैदेशिक पर्यटन शुल्क र वैदेशिक रोजगार सेवा शुल्कहरु लाग्ने जनाएको छ ।