• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

नेपाली पब्जी टिम डीआरएस गेमिङले कमायो दुई करोड २० लाख रुपैयाँ



काठमाडौँ । नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले एक सातामै करिब दुई करोड २० लाख रुपैयाँ कमाई गरेको छ ।

आइतबार सम्पन्न ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ मा ‘डीआरएस गेमिङ’ले यो पुरस्कार राशि प्राप्त गरेको हो ।

‘डीआरएस गेमिङ’ले अलस्टार्स चरणको खेलमा तेस्रो हुँदै ९० हजार अमेरिकी डलर अर्थात् करिब एक करोड १८ लाख रुपैयाँ जितेको थियो भने मेन टुर्नामेन्टमा ११ औँ स्थान र सहभागी पुरस्कार गरी कुल ७७ हजार पाँच सय अमेरिकी डलर अर्थात् एक करोड दुई लाख रुपैयाँ जितेको हो ।

यस्तै, अलस्टार्स चरण र मेन टुर्नामेन्ट दुवैको विजेता बनेको थाइल्यान्डको पब्जी टिम ‘भ्याम्पाएर ई–स्पोर्ट्स’ले भने करिब सात करोड पचास लाख रुपैयाँ जित्न सफल रह्यो ।