४ भाद्र २०८३, बिहीबार
,
Latest
क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी इमर्जिङ कपः बलियो भारतको सामना गर्दै नेपाल



अ+ अ-

काठमाडौं । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज सोमबार नेपालले भारत ‘ए’ को सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा सुरु हुनेछ ।

नेपाल पहिलो जितको खोजीमा हुनेछ । अर्कोतर्फ भारत भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल यात्रा पक्का गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको थियो भने भारतले यूएईविरुद्ध ८ विकेटको जित निकालेको थियो ।

नेपालले समूह चरणको अन्तिम तथा प्रतियोगिताको तेस्रो खेल बिहीबार यूएईसँग खेल्नेछ ।