काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पटकपटक अदालत आउनु दुर्भाग्य रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा विघटनबिरुद्ध रिट निवेदन लिएर विपक्षी गठबन्धनसँगै सर्वोच्च अदालत पुग्नुभएका नेता थापाले अदालत परिसरमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुयो ‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उलंघन गरेकोले पटकपटक अदालत आउनुपर्यो,पटकपटक अदालत आउनु दुर्भाग्य हो।’
अदालतले आफैँले केही महिनाअगाडि गरेको ब्याख्या र संविधानको धारा अध्ययन गर्दा प्रतिनिधि सभा पुनर्स्थापना हुने उहाँको भनाई छ।
बहुमत हुँदाहुँदै पनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत पुग्नुभएको हो ।








