२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् एटिएमको सुरक्षित प्रयोग तथा सावधानीका उपाएहरु



अ+ अ-

काठमाडौँ । आजभोलि मानिसहरुले नगद बोकेर हिड्ने कुरा त अचम्मित नै हुन थालिसकेको छ, प्रायः सबैको साथमा एटिएम कार्ड अनिवार्य जस्तै बनिसकेको छ ।

पहिला पहिला बैंक बाट पैसा झिक्न घन्टौ लाइन बसेर चेकबाट झिक्नुपर्ने अवस्था थियो त्यसैले मानिसहरु एकैचोटी धेरै झिकेर आफैँ सँग राखिराख्थे तर अहिले त्यस्तो छैन सामान्यतया कुनै बैंकको एटिएम गयो कार्ड स्वाप गर्यो पैसा आइहाल्छ ।

एटिएम कार्डको प्रयोगले दैनिकीमा सहजता प्रदान त गर्यो तर के एटिएमको प्रयोग जसरि गरे पनि हुन्छ ? पक्कै हुँदैन एटिएम मेसिन सेवा अवरुद्द देखि ह्याकिंग सम्मका समाचारहरु पनि न आएका हैनन् तर पनि अझै कतिपय मानिसहरुले एटिएमको सहि तरिकाले प्रयोग गर्न जानिसकेको अबस्था छैन ।

विभिन्न किसिमका लापरवाहिहरुले गर्दा समय समयमा एटिएम मेसिन तथा सिस्टममा समस्याहरु आइरहने कारण नेपाल राष्ट्र बैंकले प्रयोगकर्ताहरुलाई सहि तरिकाले कसरि कारोबार गर्ने भनेर उपाएहरु दिईरहेको हुन्छ। प्रयोग गर्ने उपाए र कारोवारमा समस्या उत्पन्न हुन नदिनका लागि सावधानका उपाएहरु पनि समय – समयमा यसले उपलब्ध गराइरहेकै हुन्छ ।

रास्ट्र बैंकका अनुसार एटिएम प्रयोग गर्दै गर्दा तपाइले यि कुराहरुमा ध्यान दिन अत्यन्तै जरुरि छ ।

एटिएम मेसिन रहेको स्थान वा कोठामा पसेपछि राम्ररि ढोका लगाउने र पिन हान्दा कसैले नदेख्ने गरि छेकेर हान्ने ।

अपरिचित वा आफ्नो विश्वास बाहिरको जो सुकै व्यक्तिलाई आफ्नो कार्ड नम्बर वा पिन नदिने ।

कारोवार प्रक्रियामा यदि तपाइको खाताबाट पैसा काट्यो तर एटियम बाट उक्त पैसा आएन भने तपाईंको खाता भएको बैङ्कमा सम्पर्क गर्ने ।

कार्डको पिन समय समयमा परिवर्तन गरिरहनुहोस् ।