काठमाडौं । नेपालद्वारा चीनको चेङदुमा खोलिएको कन्सुलेट जनरल कार्यालय आज (सोमबार)बाट सञ्चालनमा आएको छ ।
चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको सिचुवान प्रान्तका उच्च अधिकारीहरुले संयुक्त रुपमा कार्यालय उद्घाटन गर्दै सञ्चालनमा ल्याउनुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै राजदूत पाण्डेले लामो समयदेखि नेपाल र चीनको बीचमा पारस्परिक विश्वास र समझदारी रहेको जोड दिनुभयो । यस्तै कन्सुलेट कार्यालय स्थापनापछि सबै क्षेत्रमा आदानप्रदान बढ्ने र सम्बन्ध थप सुमधुर हुने उहाँको विश्वास छ ।








