११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर: मन्त्री आले

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर: मन्त्री आले
अ अ+ अ-

डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताउनुभएको छ । जिल्ला अस्पताल डोटीमा आज स्वास्थ्य सामग्री प्रदान कार्यक्रममा मन्त्री आलेले सरकारले भरपुर प्रयास गरिरहको बताउनु भएको हो ।

जिल्लाका नौवटै स्थानीय तह तथा जिल्ला अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गर्दै मन्त्री आलेले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने समेत बताउनुभयो । कोरोनाका कारण मुलुकभर जटिल अवस्थाको सृजना भइरहेका बेला मन्त्री आलेले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताउनुभएको हो । 

गृहजिल्ला डोटी र सुदूरपश्चिम प्रदेशिक अस्पताल कैलालीलाई आफ्नै लगानीमा आवश्यक स्वास्थ्य सामाग्री वितरणका लागि डोटी पुग्नुभएका मन्त्री आलेले थप आवश्यक स्वास्थ्य सामाग्री पठाउनका लागि केन्द्रबाट सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । 

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको कार्य अगाडि बढिसकेकाले अब जिल्लामा खासै अक्सिजनको अभाव नहुने समेत उहाँले बताउनुभयो । महामारीको रोकथामका लागि सबैले हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको भन्दै हरेक नागरिकलाई समेत सचेत बन्न मन्त्री आलेले आग्रह गर्नुभएको छ । 

जिल्लामा स्वास्थ्य सामग्री अभाबमा जिल्लामा सकृय कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको भन्ने गुनासो आएपछि  मन्त्री आलेले स्वास्थ्य सेवा विभागबाट प्राप्त ३० वटा एचडियु श्यया, खाली १५ अक्सिजन सिलिन्डर तथा आफ्नो लगानीमा ६० वटा थप सिलिण्डर खरिद गरी ७५ थान भरिएका अक्सिजन सिलिन्डर, सर्जिकल मास्क एकलाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे«टर मेसिन, एन्टिजेन किट, रेम्डेसिभिर, सेनिटाइजरलगायत स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो ।

केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिन्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, सेनिटाइजर मन्त्री आलेले व्यक्तिगत लगानीमा किनेर प्रदान गर्नु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले बताउनुभयो । 

मन्त्री आलेले पठाउनुभएका स्वास्थ्य सामग्री कम्तिमा पनि रु एक करोड बराबरको रहेको बताइएको छ । यसैगरी मन्त्री आलेले भोली मङ्गलबार यहाँको सुदूरपश्चिम प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिन्डर, मास्क ५० हजार एन्टिजेन किट, रेम्डेसिभिर, सर्जिकल मास्क, सेनिटाइजर लगायतका सामाग्री वितरण गर्ने कार्यक्रम छ ।