११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

म्याग्दीमा कोरोना सङ्क्रमण: सदरमुकाममा घट्यो, गाउँमा फैलियो

म्याग्दीमा कोरोना सङ्क्रमण: सदरमुकाममा घट्यो, गाउँमा फैलियो
अ अ+ अ-

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढ्दो क्रममा देखिएको बताउनुहुन्छ । सदरमुकाममा सङ्क्रमणदर घट्नुमा वैशाख २२ गतेदेखि भएको निषेधाज्ञाको प्रभाव परेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सदस्यहरुको विश्लेषण छ । 

“बेनी बजारमा नयाँ सङ्क्रमित थपिने क्रम घटेको छ तर ग्रामीण क्षेत्रमा थपिएकाले समग्र जिल्लाको अवस्था स्थिर छ”, डाक्टर कडेलले भन्नुभयो, “ग्रामीण क्षेत्रमा परीक्षणको दायरा बढाएसँगै सङ्क्रमित पहिचान हुन थालेका हुन् ।” बेनी अस्पतालको आइसोलेशनमा उपचाररत अधिकांश सङ्क्रमित नगरपालिकाको ग्रामीण क्षेत्र र पालिकाको आइसोलेशनबाट रिफर भएर आएकाहरु छन् । 

निषेधाज्ञा भएपछि शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा गएका तथा अन्य माध्यमबाट भित्रिएको कोरोनाको सङ्क्रमण विवाह, चौरासी, व्रतबन्ध्र, छेवार, किरिया जस्ता सांस्कृतिक कार्यमा भएको जमघट र भोज भतेरमार्फत फैलिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । 

सोमबार पछिल्लो २४ घण्टामा म्याग्दीका ६५ सङ्क्रमितमध्ये अधिकांश ग्रामीण क्षेत्रका छन् । योसँगै म्याग्दीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ सङ्क्रमित निको भएर आइसोलेशनमुक्त भएका छन् । म्याग्दीमा ५२० सक्रिय सङ्क्रमित छन् । 

बेनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लीला गौतमका अनुसार नगर क्षेत्रमा पछिल्लो पटक घतान, अर्थुङ्गे र भकिम्लीमा सङ्क्रमण फैलिएको छ । भकिम्लीमा ३२ जना लक्षण देखिएका र शङ्कास्पदको स्वाबको नमूना परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । 

यसैगरी रघुगङ्गा गाउँपालिकाको पिप्ले, दग्नाम र चिमखोलामा सङ्क्रमण फैलिएको छ । केही दिनअघि वडा नं ५ को छिस्वाङमा फैलिएको कोरोना केही दिनयता मङ्गलाको वडा नं ३ मा पर्ने बरङ्जा क्षेत्रमा बढेको छ । 

एक हप्ताअघिसम्म न्यून मात्रामा सङ्क्रमित भएको मालिका गाउँपालिकाको देविस्थान, रुम, डाडागाउँ र निस्कोटमा देखिएको छ । मालिकामा रुमका ३२,  देविस्थानका २३, निस्कोटमा नौ, डाडागाउँमा आठ, ओखरबोटमा छ र दरवाङमा एक जना सङ्क्रमित छन् । 

अन्नपूर्णको दोवामा पनि कोरोना सङ्क्रमित भेटिएका छन् । धवलागिरिको ताकम र लुलाङमा पनि सङ्क्रमणको अवस्था स्थिर देखिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लारवाहीका कारण ग्रामीण क्षेत्रमा कोरोना महामारी नियन्त्रणमा चुनौती देखिएको छ ।  म्याग्दीको गुर्जा, बिम, मल्कवाङ, कुइनेमङ्गले, पाखापानी, झिँ र राम्चेबाहेकका वडाहरु कोरोना महामारीबाट प्रभावित भएका छन् ।