२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

नायग्रा फल्समा नेपाल चिनाउँदै रघुनाथ

नायग्रा फल्समा नेपाल चिनाउँदै रघुनाथ
अ अ+ अ-

नायग्रा फल्स (अमेरिका )। ‘नायग्रा तन्दुरी हट’ । अमेरिकाको चर्चित पर्यटकीय गन्तव्य नायग्रा फल्समा अवस्थित एक होटलको यो साइनबोर्ड मात्र पढ्दा नेपाली होटल हो जस्तो पनि लाग्दैन ।

तर होटलको गेटनिर पुग्नासाथ नेपाली नेपाली स्वाद बाहिरबाटै थाहा हुन्छ । नेपाली खानाको फ्लेभर बाहिरै आउँछ अनि भित्र देखिन्छ नेपालीपनको सजावट ।

होटलभित्र छिर्दा देखिने नेपाली शैलीको सजावट नेपालमा पनि बिरलै देख्न सकिन्छ । नेपाल झल्कने चित्र र पौवा धेरै छन् यहाँ । लुङदार टाँगिएको भित्री परिवेशमा तामाका भाँडा, रुद्राक्षको माला ,गाँजाबाट बनेका सामग्री संगै अरु नेपालको परम्परा झल्किने स्थानीय वस्तुको सजावट ।

पर्वत फलेवास स्थायी घर भएका रघुनाथ भट्टराई यही क्षेत्रमा सन् २०१६ देखि खाद्य व्यवसाय गरिरहनुभएको छ । अर्थात नायग्रा तन्दुरी हट नामको रेस्टुरेन्टमार्फत नेपाली खाना, संस्कृति र सामग्रीको भरपुर प्रचारसँगै व्यवसाय पनि गरिरहनुभएको छ ।

पछिल्लो समय धेरै नेपालीसहित छिमेकी देशका नागरिकहरु पनि सो क्षेत्र घुम्न पुग्ने गरेका छन् । रेस्टुरेन्टको टेबलमा सँगै चिया पिउँदै भट्टराईले आफ्नो अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “६ महिना त निकै राम्रो व्यवसाय हुन्छ । दुई महिना औसत र ४ महिना ठप्प जस्तै हुन्छ । हिउँ जमेर ज्यान पनि कसरी जोगाउने पो जस्तो हुन्छ ।”

उहाँका अनुसार ६ महिनाका लागि धेरै नेपाली विद्यार्थीहरु काम खोज्दै आइपुग्छन् । “सकेका जतिलाई दिने प्रयास गर्छु तर सबैलाई समेट्न सकिँदैन ।”

छेवैमा रहेको भान्सामा काम गरिरहेका नेपाली कर्मचारीहरुलाई ग्राहकको मागअनुसारको खानको बारेमा जानकारी पनि गराउँदै भट्टराईले भन्नुभयो, “नायग्रा प्रवेश गर्ने सम्मुखमा नै भएर होला यहाँ ग्राहकहरुको बाक्लो उपस्थिति हुन्छ । त्यही मौकामा नेपालको पर्यटन, सगरमाथा, गौतम बुद्ध जस्ता विषयको जानकारी गराउँदै भ्रमणका लागि पनि अनुरोध गरेको छु ।”

कति त नेपाल पुगेर आएपछि अनुभव सुनाउन आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म पर्वतको भएर होला, एक पटक त मुक्तिनाथ पुग्नै पर्छ जस्तो लाग्छ, यता अमेरिकनहरु पनि एक पटक त जसरी पनि यहाँ आउनुपर्छ भन्ने सोचमा रहेका छन् भन्ने लाग्छ । त्यसैले मलाई त यताको मुक्तिनाथ जस्तै लाग्छ ।”

उहाँले रेस्टुरेन्टको प्रवेश गर्ने ढोका, दाँया बाँया र भित्र पनि यत्रतत्र नेपालको झण्डा फर्फराउनुभएको छ । “झण्डा देखेपछि माटोको अनुभूति हुँदोरहेछ । नेपाली दाजुभाइहरु पनि आत्मीयताका साथ आइपुग्नु हुन्छ । कतिपय अवस्थामा त केही न्यास्रो पनि मेटिँदो रहेछ ।”

नेपालीसहित भारतीय, पाकिस्तानी, चाइनिजलगायतका परिकार तयार हुने जानकारी उहाँले गराउनुभयो । उहाँले केही नेपालीको व्यवहार भने चित्त दुख्ने खालको पाएको बताउनुहुन्छ ।

अमेरिका आएर पनि नेपाली बोल्नु पर्ने, दाल भात खाने भन्दै हँसिमजाक गर्दै बाहिरिने गरेका कतिपय नेपाली दाजुभाइकै बोली उहाँलाई मिठो लाग्दैन । उहाँले भन्नुभयो, “आखिर सबै नेपालीको सोच र व्यवहार एकै नहुनु पनि स्वाभाविकै हो, बर्मा गए पनि कर्मसँग त्यसै त किन भनेका होलान र ?”

तर विदेशी मुलुकका नागरिकको अनुभूति भने निकै फरक छ भट्टराईसँग । “यहाँका स्थानीयसँग अन्य मुुलुकका पर्यटकले नेपाली खाना र यसको स्वाद निकै मन पराउँछन् । प्राय पाउरोटी र यसका विभिन्न परिकार खानेहरुका लागि नेपाली खानाको स्वाद जिब्रोमा निकै गडेको छ ।”

क्यानडाको टोरन्टो, ओन्टारिया र अमेरिकाको न्युयोर्क राज्यको सिमानामा रहेको नायग्रा फल्स विश्वको आश्चर्यजनक एक स्थलमध्येमा पर्छ । संसारभरिबाट दुई करोडभन्दा बढी पर्यटकहरुले नायग्रा फल्स अवलोकन गर्ने गरेको तथ्यांक छ । ती संसारका नागरिकसँग यहाँको स्वाद समय समयमा साक्षात्कार हुने गर्दछ ।

एक पटक नेपाल गएका जुनसुकै देशका विदेशीले पनि नेपाली खाना भनेपछि खुबै मन पराउँछन् । त्यति बेला चाहिँ म भावुक नै हुन्छु । मेरो देशको खानाको स्वादसँग विश्वका नागरिकले देखाएको मायाले आखिर मलाई पनि त छुन्छ– उहाँको अनुभव छ ।