पोखरा । गण्डकी प्रदेशको बर्खे अधिवेशन जेठ १६ (आइतबार) हुने भएको छ ।
मंगलबार बसेको गण्डकी मन्त्रीपरिषद्को बैठकले जेठ १६ आइतबार दिउँसो १ बजे बैठक राख्ने गरी आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतका अनुसार कोरोना भाइरसका कारण बैठक प्रदेश सभामा नभई सभागृहमा राख्ने निर्णय भएको छ ।
सामाजिक दूरी कायम गर्दै बैठक राख्ने ठाउँ नभएको उहाँले बताउनुभयो ।
यस्तै बैठकले भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको सडक सम्बन्धी विधेयकमा छलफल गर्दै विधेयकको सैद्धान्तिक स्वीकृति लिने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।








