• २१ मंसिर २०८०, बिहीबार
  •      Thu Dec 7 2023
  •   Unicode
Logo
Latest
★   चिसोले जमेको पञ्चकुुण्ड तालमा रमाउँदै पर्यटक ★   एनसेल प्रकरण: `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी : महामन्त्री शर्मा ★   म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई हरायो ★   एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर सिटी ★   प्रमुख अतिथि नपाएर नेपाल बार हैरानीमा ! ★   एनसेल प्रकरण: समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक: सभापति लामिछाने ★   एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन ★   नक्कली भुटानी शरणार्थी प्रकरण: खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ ★   चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी ★   बैतडीका प्रतापलाई डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ को पुरस्कार

युक्रेनसँग युद्धको धम्की, रुसी सेनाको परमाणु बम खसाल्ने अभ्यास, सीमामा चरम तनाव



किभ/मस्को । युक्रेनलाई घेरा हालेको रुसले अब परमाणु बम खसाल्ने अभ्यास गर्न लागेको छ । यस अभ्यासमा रुसी सेनाले समुद्र, जमिन र आकाशबाट परमाणु बम खसाल्ने अभ्यास गर्नेछ। बेलायतका रक्षामन्त्री बेन वालेसले बिहीबार यस्तो जानकारी दिएका हुन् ।

उनले रुसी सेनाले आणविक रणनीतिक अभ्यास गर्न लागेको बताए । युक्रेन सङ्कटको कूटनीतिक समाधान खोज्ने निरन्तर प्रयासका बाबजुद रुस गलत दिशामा अघि बढिरहेको वालेसले बताए ।

रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरिरहेको जासुसी सूचना प्राप्त भएको वालेसले बताए। उनले वार्तापछि पनि कुरा गलत दिशामा गइरहेको बताए ।

बेलायती रक्षामन्त्रीले भने, “रुसीहरूले अझै पनि आफ्नो सेना बढाइरहेका छन् । उनीहरु अब आणविक रणनीतिक अभ्यास गर्न लागेका छन् । वास्तवमा हामीले अन्यत्र धेरै गतिविधि देखिरहेका छौँ।”

यसअघि रुसी रक्षा स्रोतले तास समाचार एजेन्सीसँगको कुराकानीमा आणविक अभ्यास ‘थन्डर’मा रुसको रणनीतिक आणविक बलका तीनवटै भागले जमिन, समुद्र र आकाशबाट परमाणु बम खसाल्ने अभ्यास गर्ने बताएको थियो।

रूस र बेलारुसद्वारा संयुक्त सैन्य अभ्यास सुरु 

रुसले प्रायः आणविक अभ्यास गर्छ तर युक्रेनसँगको तनावका बीच यस्तो अभ्यास गर्ने निर्णयले विश्वभरका देशहरूको तनाव बढाउन सक्छ।

रुसले यस्तो बेलामा यो आणविक अभ्यास गरिरहेको छ जतिबेला उसले युक्रेनको सीमा नजिक बेलारुससँग व्यापक सैन्य अभ्यास सुरु गरेको छ । यो अभ्यासमा करिब ३० हजार सैनिक सहभागी छन् । 

अर्कोतर्फ नेटोका महासचिवले रुसी अभ्यासलाई ‘खतरनाक क्षण’ भनेका छन् । नेटोका महासचिवले बेलारुसमा रुसको तैनाथी हेरिरहेको भन्दै यो शीतयुद्धपछिको सबैभन्दा ठूलो अभ्यास भएको बताए।

“यो युरोपको सुरक्षाका लागि खतरनाक क्षण हो”, उनले भने, “रुसी सेनाको सङ्ख्या बढ्दै गएको छ । आक्रमणको खतराको चेतावनी समय छोटो हुँदै गइरहेको छ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो सैन्य तैनाथीमार्फत युक्रेनमा मनोवैज्ञानिक दबाब दिइरहेका छन् ।

पश्चिमी मुलुकहरुले मस्कोलाई उपदेश नदेऊ : रुस

युक्रेन सङ्कटलाई कम गर्न र कूटनीतिक मार्ग अपनाउनुपर्नेमा जोड दिन रुस पुगेका बेलायती विदेशमन्त्री लिज ट्रसले बिहीबार आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन्।

लिजले रुसलाई छिमेकी युक्रेनमा आक्रमण गर्दा गम्भीर परिणाम र भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले रुसलाई युक्रेनको स्वतन्त्रता र सार्वभौमसत्ताको सम्मान गर्ने अन्तर्राष्ट्रिय सम्झौताको प्रतिबद्धता पालना गर्न आग्रह गरे।

बैठकमा कडा अडान लिने लाभरोभले पश्चिमा राष्ट्रहरूसँग मस्कोलाई उपदेश नदिँदा हुने स्पष्ट पारे। लाभरोभले भने, “वैचारिक दृष्टिकोण र अन्तिम चेतावनीको बाटो अगाडि बढ्न सकिँदैन।”

बैठकपछि बेलायती विदेशमन्त्रीले रुसलाई आफ्ना सेना फिर्ता सैन्य अखडामा पठाउन पुनः आग्रह गरे । यद्यपि लाभरोभले सो मागलाई अव्यावहारिक भन्दै अस्वीकार गरे र पूर्वी युरोपमा तैनाथ बेलायती र नेटो सेनातर्फ औँला उठाए।

लाभरोभले भने, “रुसी भूमिबाट रुसी सेना फिर्ता गर्नुपर्ने माग खेदजनक छ। हामी कसैलाई धम्की दिन चाहँदैनौं, तर हामी आफैं खतराको सामना गरिरहेका छौँ।” एजेन्सीको सहयोगमा