१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

युक्रेनसँग युद्धको धम्की, रुसी सेनाको परमाणु बम खसाल्ने अभ्यास, सीमामा चरम तनाव

युक्रेनसँग युद्धको धम्की, रुसी सेनाको परमाणु बम खसाल्ने अभ्यास, सीमामा चरम तनाव
अ अ+ अ-

किभ/मस्को । युक्रेनलाई घेरा हालेको रुसले अब परमाणु बम खसाल्ने अभ्यास गर्न लागेको छ । यस अभ्यासमा रुसी सेनाले समुद्र, जमिन र आकाशबाट परमाणु बम खसाल्ने अभ्यास गर्नेछ। बेलायतका रक्षामन्त्री बेन वालेसले बिहीबार यस्तो जानकारी दिएका हुन् ।

उनले रुसी सेनाले आणविक रणनीतिक अभ्यास गर्न लागेको बताए । युक्रेन सङ्कटको कूटनीतिक समाधान खोज्ने निरन्तर प्रयासका बाबजुद रुस गलत दिशामा अघि बढिरहेको वालेसले बताए ।

रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरिरहेको जासुसी सूचना प्राप्त भएको वालेसले बताए। उनले वार्तापछि पनि कुरा गलत दिशामा गइरहेको बताए ।

बेलायती रक्षामन्त्रीले भने, “रुसीहरूले अझै पनि आफ्नो सेना बढाइरहेका छन् । उनीहरु अब आणविक रणनीतिक अभ्यास गर्न लागेका छन् । वास्तवमा हामीले अन्यत्र धेरै गतिविधि देखिरहेका छौँ।”

यसअघि रुसी रक्षा स्रोतले तास समाचार एजेन्सीसँगको कुराकानीमा आणविक अभ्यास ‘थन्डर’मा रुसको रणनीतिक आणविक बलका तीनवटै भागले जमिन, समुद्र र आकाशबाट परमाणु बम खसाल्ने अभ्यास गर्ने बताएको थियो।

रूस र बेलारुसद्वारा संयुक्त सैन्य अभ्यास सुरु 

रुसले प्रायः आणविक अभ्यास गर्छ तर युक्रेनसँगको तनावका बीच यस्तो अभ्यास गर्ने निर्णयले विश्वभरका देशहरूको तनाव बढाउन सक्छ।

रुसले यस्तो बेलामा यो आणविक अभ्यास गरिरहेको छ जतिबेला उसले युक्रेनको सीमा नजिक बेलारुससँग व्यापक सैन्य अभ्यास सुरु गरेको छ । यो अभ्यासमा करिब ३० हजार सैनिक सहभागी छन् । 

अर्कोतर्फ नेटोका महासचिवले रुसी अभ्यासलाई ‘खतरनाक क्षण’ भनेका छन् । नेटोका महासचिवले बेलारुसमा रुसको तैनाथी हेरिरहेको भन्दै यो शीतयुद्धपछिको सबैभन्दा ठूलो अभ्यास भएको बताए।

“यो युरोपको सुरक्षाका लागि खतरनाक क्षण हो”, उनले भने, “रुसी सेनाको सङ्ख्या बढ्दै गएको छ । आक्रमणको खतराको चेतावनी समय छोटो हुँदै गइरहेको छ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो सैन्य तैनाथीमार्फत युक्रेनमा मनोवैज्ञानिक दबाब दिइरहेका छन् ।

पश्चिमी मुलुकहरुले मस्कोलाई उपदेश नदेऊ : रुस

युक्रेन सङ्कटलाई कम गर्न र कूटनीतिक मार्ग अपनाउनुपर्नेमा जोड दिन रुस पुगेका बेलायती विदेशमन्त्री लिज ट्रसले बिहीबार आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन्।

लिजले रुसलाई छिमेकी युक्रेनमा आक्रमण गर्दा गम्भीर परिणाम र भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले रुसलाई युक्रेनको स्वतन्त्रता र सार्वभौमसत्ताको सम्मान गर्ने अन्तर्राष्ट्रिय सम्झौताको प्रतिबद्धता पालना गर्न आग्रह गरे।

बैठकमा कडा अडान लिने लाभरोभले पश्चिमा राष्ट्रहरूसँग मस्कोलाई उपदेश नदिँदा हुने स्पष्ट पारे। लाभरोभले भने, “वैचारिक दृष्टिकोण र अन्तिम चेतावनीको बाटो अगाडि बढ्न सकिँदैन।”

बैठकपछि बेलायती विदेशमन्त्रीले रुसलाई आफ्ना सेना फिर्ता सैन्य अखडामा पठाउन पुनः आग्रह गरे । यद्यपि लाभरोभले सो मागलाई अव्यावहारिक भन्दै अस्वीकार गरे र पूर्वी युरोपमा तैनाथ बेलायती र नेटो सेनातर्फ औँला उठाए।

लाभरोभले भने, “रुसी भूमिबाट रुसी सेना फिर्ता गर्नुपर्ने माग खेदजनक छ। हामी कसैलाई धम्की दिन चाहँदैनौं, तर हामी आफैं खतराको सामना गरिरहेका छौँ।” एजेन्सीको सहयोगमा