११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

फस्नुहोला  नि ! भ्रमपूर्ण विज्ञापनको फन्दामा

फस्नुहोला  नि ! भ्रमपूर्ण विज्ञापनको फन्दामा
अ अ+ अ-

काठमाडौं । विज्ञापनले बजारमा के-के नयाँ उत्पादन आइरहेछ भनेर आम उपभोक्तालाई सुसुचित गर्छ र उपभोक्ताले अफ्न्तो रोजाइ र खल्ती अनुसार बस्तु छान्न सक्छन्। तर स्वास्थ्य राम्रो पार्ने र अनेक समस्या ठिक पार्ने भनेर गरिएका भ्रामक विज्ञापनको मारमा परेर कति उपभोक्ताले ठगिएर स्वास्थ्य खराब गर्न अघि सरेको देखिन्छ ।

विज्ञापन देखेर कुनै वस्तु प्रयोग गर्नुअघि राम्रोसँग सोच्नु जरुरी छ, विज्ञापनमा भनिएका कुरा साँच्चै विश्वास गर्नलायक छन् त ? कतिपय  पसलमा यहाँ सम्पूर्ण रोग मुटु, पेट, कलेजो, हाड जोर्नी, महिलाको प्रजनन छाला, मानसिक रोग, लागू औषधी आदिको ग्यारेण्टीकासाथ उपचार गरिन्छ भनेर अक्षरमा विज्ञापन गरिको बोर्ड देखिन्छ ।

यस्तो भ्रममा कहिले नफस्नुस, “अनेक तरिकाले ग्यारेण्टीका साथ उपचार” कुराहरु त ठगहरुबाट मात्र हुन्छ । नेपालमा र भारतमा पनि कतिपय ठाउँमा त्यसैगरी ठगि गर्ने “तथाकथित डाक्टर” र त्यसै गरी ठगिने बिरामीहरुको पनि कमी छैन । मानवीय कमजोरीहरु मध्ये सबैभन्दा कमजोर विचारलाई समातेर विज्ञापन गर्दा मानिसहरु चाँडै नै फन्दमा परिहाल्छन् । 

अनि “ग्यारेण्टिकासाथ उपचार” हुँने भनेर धेरै मानिसहरु ठगिन जान्छन् । नेपालमा त्यस्ता विज्ञापनहरु केही केही फाट्टफुट्ट देखिन थालेको छ । तराई भेगका मानिसहरु भने भारतका सिमानामा शहरहरुमा गएर “तथ्याकित उपचार” गराउँछन् र धेरै पछि ठगिइएको थाहा पाउँछन्  । उनीहरु ठगिए पछि केही पनि बोल्दैनन् र अरु पनि त्यसै गरी ती ठगको फन्दामा पर्छन् । यसैगरि त्यस्ता “ग्यारेण्टिका साथ उपचार” गर्नेहरुको व्यापार फलिफुली रहन्छ । 

असम्भव कुरा वा चमत्कारमा विश्वास गर्नु हुँदैन भन्ने थाहा पाउँदा पाउँदै विज्ञापनको जालोमा मानिसहरु फसिरहेका हुन्छन् । विशेषगरी हाम्रा यस्ता केही कमजोर नसहरु हुन्छन्, जसलाई समात्न विभिन्न मालसामान बनाउने कम्पनि  र  संस्थाले खूब जानेका हुन्छन् । त्यही कमजोर नसलाई पक्रेर जब विज्ञापन हुन्छ तब माछा जालमा फसे झसरी मानिसहरु फस्छन् ।   

त्यस्तो गलत विज्ञापन रोक्ने अधिकार हामीलाई छैन होला तर भ्रमपूर्ण विज्ञापन र “ग्यारेण्टिका साथ भनेर लेखिने विज्ञापनहरुको त फन्दामा कहिले नपर्नोस् भनी सुचित गर्ने अधिकार चाँही  हामीलाई छ। अहिलेको जमानामा विज्ञापन गरेपछि जे पनि बिक्छ भनेर हो कि सम्भव हुँदै नहुने विज्ञापन गर्ने कम्पनि पनि छन् र ति कम्पनिलाई विश्वास गर्ने मानिसहरु पनि छन्।

कतिपय विज्ञापनले आफ्नो वस्तुको बारेमा भन्दा पनि नभएको र बढाई गरेर विज्ञापन गर्छन् र त्यस्तो भ्रमपूर्ण  विज्ञापनको प्रभावमा परेर मानिसहरु जीवनका ठगाईमा परेका हुन्छन् । भ्रमपूर्ण विज्ञापनकै प्रभावमा आवशयक नै नपरेका कुरा पनि किन्ने गरिन्छ, थोरै खर्च गर्ने ठाउँमा धेरै खर्च गरिन्छ ।

अहिले विभिन्न ठाउँमा देखिने विज्ञापनहरुमा “मोटोपनको समस्या मोटोपन घटाउने” बारेमा धेरै विज्ञापन पत्र पत्रिका, टीभी, रेडियो आदिमा देखा परेका छन् । ‘मोटो मानिसले खानेकुरा कम नगरे पनि हुने, व्यायाम गर्न नपर्ने, नथाकिने, खालि एक क्याप्सुल औषधि विहान–बेलुका खाए पुग्ने’ जस्तो विज्ञापनले त मुटुमा यसरी छुन्छ कि मोटाहरु त्यस्तो औषधि जताबाट पाउन पनि लालायित हुन्छन् ।

त्यस्तै प्रकारले ‘कम्मरपेटी बाँधेर केहीछिन् बसेपछि पसिना निस्कन्छ अनि कम्मर एक इन्च घटिहाल्छ’ भन्ने जस्ता लोभलाग्दा कुरा विज्ञापनमा आएपछि कम्मर घटाउन चाहने मानिसहरु दौडेर त्यो पेटी किन्न तयार हुन्छन् ।

शरीरभित्रको बोसो एकैचोटि पगाल्ने कुनै औषधि हुँदैन । त्यस्तो औषधि हुँदो हो त अमेरिकाका २५ प्रतिशत जनसंख्याले सो औषधि प्रयोग गर्थे होलान् । सञ्चारमाध्यममा लगातार आकर्षक ढंगले प्रसारित विज्ञापनले धेरै मानिस प्रभावमा पर्छन् । त्यसमाथि टेलिभिजनमा सुडौल खालकी महिलाले आएर ‘आफू पहिला मोटी भएको तर औषधि खाएर वा कम्मरपेटी लगाएर पातलो भई जीवन नै अर्को भएको’ भनेपछि धेरै मानिस विज्ञापनमा विश्वास गरी सामान किन्न पुग्छन् ।

साँच्ची यस्तै औषधि र पेटीको कारणले शरीरको तौल घट्ने भए डाक्टरहरु त्यसमाथि पनि मुटुरोग विशेषज्ञहरुले विरामीलाई यिनै औषधि वा पेटी किन्न सिफारिस गर्थे होलान् । चिनीको रोग भएका मोटा व्यक्ति तथा मुटुको रोग भएर तौल घटाउनुपर्ने रोगीलाई खानेकुरा कम गर्ने, व्यायाम गर्ने आदिको सट्टा यस्ता विज्ञापन भएका वस्तु उपयोगी भएको हुनुपर्ने हो तर त्यसो भएको पाइँदैन । मोटा व्यक्तिलाई खानेकुरा कम खाएर र व्यायम गरेर महिनौं लाग्ने काम त औषधिको एउटा चक्कीले हुने भए शारिरिक र मानिसक रुपमा दुःख गरिरहनु पर्ने थिएन । 

आफ्नो व्यापार बढोस् भनेर छल गर्ने र झुटो कुरा गर्नेलाई कानुनले सजाय त दिन सक्दैन तर यस्तो गलत, ठगि कुरा गरेर विज्ञापन गर्नेहरुलाई उपभोक्ताले वेवास्ता गरेर ति मालसामान नकिनेर नै फठाहाहरुलाई “दनक” दिनुस् ।